बुधबार, कात्तिक २७, २०७६

कला - साहित्य

पुर्नजन्म

एक्लै हिंड्दै गरेको बाटो एक्लै हिंड्दै गरेको चोक

पुर्नजन्म
एक्लै हिड्दै गरेको बाटो
एक्लै हिड्दै गरेको चोक
केही सपनाहरू थाँती राखेर
तिमिले हिडेकै चोक
तिमिले देखेकै सपना हुँदै

मैले मेरो जिन्दगीको लालपूर्जामा
तिम्रो नाँउको सिन्दूरले
औठा छाप लगाएदेखि
म ‘म’ नभएर ‘तिमि’ भएको
तिमि र म मिलेर ‘हामी’ भएको
त्यही दिनदेखि जिन्दगी शुरू भयो
जुन दिन तिमिले मलाई तिम्रो
जिन्दगी मानेको थ्यौं
र बिहे गरेको त्यही दिन छोरी
मान्छेको पुर्नजन्म भयो ।
प्रतिक्रिया दिनुहोस्