शनिबार, कात्तिक ३०, २०७६

समाचार

पोखरेललाई डिआइजीको दर्ज्यानी चिन्ह

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट प्रहरी नायव महानिरीक्षक (डिआइजी)मा बढुवा भएका विश्वराज पोखरेललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

पोखरेललाई डिआइजीको दर्ज्यानी चिन्ह
काठमाडौं – प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट प्रहरी नायव महानिरीक्षक (डिआइजी)मा बढुवा भएका विश्वराज पोखरेललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

गत बिहीबार बढुवा समितिले डिआइजीका लागि सिफारिस गरेक पोखरेललाई आइतबार प्रहरी प्रधान कार्यालयमा एक समारोहकाबीच डिआइजीको दर्ज्यानी चिन्ह प्रदान गरिएको हो। 

बढुवा सिफारिसपछि उजुरी माग गरिएकोमा उनी विरुद्ध कुनै उजुरी नपरेपछि आइतबार उनलाई डिआइजीको दर्ज्यानी चिन्ह प्रदान गरिएको हो।उनलाई नेपाल प्रहरीको प्रवक्ताको समेत जिम्मेवारी दिइएको छ।
प्रतिक्रिया दिनुहोस्