शनिबार, कात्तिक ३०, २०७६

विचित्र दुनिया

समुन्द्रमा हराएको मोबाइल यसरी भयो फिर्ता (भिडियो)

केही हप्ता अघि नर्वेकी इना मान्सिका साथीसँग ह्यामरफेस्ट समुन्द्री किनारमा गएकी थिइन्। त्यहाँ उनी र उनको साथीहरू बेलुगा ह्ेवल (ह्ेवलको एक प्रजाति) को नजिकै आएको थिए।

समुन्द्रमा हराएको  मोबाइल यसरी भयो फिर्ता (भिडियो)
एजेन्सी – केही हप्ता अघि नर्वेकी इना मान्सिका साथीसँग ह्यामरफेस्ट समुन्द्री किनारमा गएकी थिइन्। त्यहाँ उनी र उनको साथीहरू बेलुगा ह्वेल ( ह्वेलको एक प्रजाति) को नजिकै आएको थिए।

सोही समयमा उनले आफ्नो ज्याकेटको चेन लगाउन भुलिन र फोन समुन्द्रमा कहाँ हरायो उनलाई पत्तो भएन। समुन्द्रमा हराएको फोन उनलाई पाउने आसा नै थिएन। तर, उनले नसोचेको भयो। इनाले सुन्द्रमा हराएको फोन फिर्ता पाएकी छन्।

यसरी भयो इनाको मोबाइल फिर्ता?

अचम्मको कुरा इनाको मोबाइल ह्वेलले मुखमा अड्काएर ल्याएको थियो। उक्त ह्वेल उनीहरु भएतिरै आउँदै थियो। इनाको साथीहरुले मोबाइलबाट भिडियो खिचिरहेका थिए। सोही समयमा उक्त ह्वेलको मुखमा इनाको मोबाइल बोकेको देखियो।

त्यसपछि इनका साथिहरुले ह्वेलको मुखबाट उक्त मोवाइल निकाल्ने जुक्ति निकाल्न थाले। उनीहरु ह्वेलको नजिकै गए र ह्वेलको मुखबाट इनाको मोबाइल झिके। त्यसपछि ह्वेलालई सुमसुम्याउन थाले। ह्वेलले त्यसरी सुम्सुम्याउँदा आनन्द महशुस गर्‍यो। उता इना र इनाका साथीहरु पनि हराएको मोवाइल यसरी पाउँदा दंग भए।

भिडियो हेर्न यहाँ क्लिक गर्नुस्
प्रतिक्रिया दिनुहोस्