शुक्रबार, कात्तिक २९, २०७६

विचित्र दुनिया

तीन आँखा भएको सर्प

गत मार्चमा अस्ट्रेलियाको अर्नहेम हाइवेमा नजिकैको ‘हम्पटी डो’ नामक सहरमा तीन आँखा भएको अजिंगर भेटियो । उक्त अजिंगरलाई नर्थन टेरिटोरी पार्क एन्ड वाइल्ड लाइफले  संरक्षणमा राखेको थियो ।

तीन आँखा भएको सर्प
गत मार्चमा अस्ट्रेलियाको अर्नहेम हाइवेमा नजिकैको ‘हम्पटी डो’ नामक सहरमा तीन आँखा भएको अजिंगर भेटियो । उक्त अजिंगरलाई नर्थन टेरिटोरी पार्क एन्ड वाइल्ड लाइफले  संरक्षणमा राखेको थियो।

प्रारम्भिक अनुमानअनुसार उक्त अजिंगरको भ्रूण अवस्थामा टाउको बन्ने क्रममा हड्डी दुई  खप्पर जोडिएका कारण तीन आँखा हुन सक्ने अनुमान छ । तर, ‘एक्स रे’ बाट एउटै खप्पर रहेको पत्ता लागेको थियो।

‘एक्स रे’ पछि भने प्राकृतिक कारण भएको डिफर्मिटीले तीन आँखा हुन पुगेको बताएको छ । करिब ४० सेन्टिमिटर लामो अजिगंरको तीन आँखा अनौठो भन्दा पनि उक्त अजिंगरको फोटो फेसबुकमा सेयर तथा गरेर पोस्ट  १३ हजार पटक भएको छ।

अस्टे«लियाकै स्थानीय मिडियाले उक्त अजिंगरलाई मार्चमै फेला पारेको थियो । उक्त अजिंगरको मृत्यु कुपोषणको कारण तीन हप्तापछि भएको थियो । तीन वटा आँखा भएको कारण अजिंगरलाई आहारा खोज्नको लागि असहज हुने अवस्था थियो।

घस्रने (रेप्टाइल्स) जीवमा डिफर्मिटी हुनु सामान्य रहेको छ । यस्तै डिफमिटी भएको   लक्की नामक दुई टाउके  र नीलो जिब्रो भएको छेपारोका  यही वर्ष नै अस्ट्रेलियामै भेटिएको थियो।
प्रतिक्रिया दिनुहोस्