शुक्रबार, कात्तिक २९, २०७६

विचित्र दुनिया

जहाँ बाँदरले दिन्छ सान्त्वना

कोही धेरै चकचक गर्दा, चल्दा हामी कस्तो बाँदर जस्तो चलेको भन्छौं। कसैले धेरै दुःख दिँदा समेत कस्तो बाँदर रहेछ भनेर सराप्छौं। 

जहाँ बाँदरले दिन्छ सान्त्वना
काठमाडौं - कोही धेरै चकचक गर्दा, चल्दा हामी कस्तो बाँदर जस्तो चलेको भन्छौं। कसैले धेरै दुःख दिँदा समेत कस्तो बाँदर रहेछ भनेर सराप्छौं। 

तर, भारतको पश्चिमी क्षेत्र कर्नाटकको कहानी भने अलग छ। नर्गुण्ड गाउँमा एक अचम्म प्रकृतिको बाँदर छ। उक्त बाँदरले त्यस क्षेत्रमा कोही व्यक्तिको निधन भएमा उसका परिवारका सदस्यलाई सान्तावना दिने गर्छ। सामाजिक भेला, विवाह भोजमा भने उक्त बाँदर देखा पर्दैन तर, कसैको घरमा मानिस बितेमा उक्त बाँदर त्यहाँ पुगेर सान्त्वना दिने गर्छ।

हालै ६९ वर्षका हालप्पा चिक्कामनीका छोराको निधन हुँदा बाँदरले नजिकै आएर हातले थपथपाउने र अंगालो हाल्ने काम गरेको डेली स्टार युकेले उल्लेख गरेको छ। हालप्पा चिक्कामनी रुन छोडेपछि उक्त बाँदर पनि फर्केको थियो। 

एक वर्षदेखि उक्त बाँदर शोकमा परेकाहरुको घर गई सान्त्वना दिने गरेको छ। सुरुसुरुमा बाँदर त्यसरी आउँदा आश्चर्यचकित हुने नर्गुण्ड गाउँका मानिसहरु अबभने कुनै शोकको समयमा बाँदर नआए आश्चर्य मान्छन्। उनीहरु बाँदरविना संस्कार नै पूर्ण नभएको समेत मान्न थालिसकेका छन्।  
प्रतिक्रिया दिनुहोस्