विहीबार, फागुन ८, २०७६

z
समाचार

राष्ट्रपति भण्डारी नेपालगञ्जमा 

राष्ट्रपति विद्यादेवी भण्डारी आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताको उद्घाटन गर्न नेपालगञ्ज आइपुगेकी छिन्। राष्ट्रपति भण्डारी श्रीएयर लाइन्सको विमानबाट  नेपालगञ्ज आइपुगेकी राष्ट्रपतिका प्रमुख सल्लाहकार भेषराज अधिकारीले जानकारी दिए। 

राष्ट्रपति भण्डारी नेपालगञ्जमा 
नेपालगञ्ज - राष्ट्रपति विद्यादेवी भण्डारी आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताको उद्घाटन गर्न नेपालगञ्ज आइपुगेकी छिन्। राष्ट्रपति भण्डारी श्रीएयर लाइन्सको विमानबाट  नेपालगञ्ज आइपुगेकी राष्ट्रपतिका प्रमुख सल्लाहकार भेषराज अधिकारीले जानकारी दिए। 

आज साँझ ६ बजे नेपालगञ्ज रङ्गशालामा राष्ट्रपति भण्डारीले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। राष्ट्रपति नेपालगञ्जमा रहँदा प्रदेश नं ५ का सङ्घीय सांसद, प्रदेशसभा सदस्य, बाँके र बर्दियाका जिल्ला समन्वय समितिका प्रमुख र  उपप्रमुख  तथा स्थानीय तहका जनप्रतिनिधिसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। राष्ट्रपति आज नेपालगञ्जमै बस्ने कार्यक्रम रहेको छ।
प्रतिक्रिया दिनुहोस्