सोमबार, फागुन ५, २०७६

z
समाचार

दोस्रो पटक विश्वकप खेल्ने नेपालको सपना अधुरो

नेपाली यू-१ क्रिकेट टोलीको लगातार दोस्रो पटक विश्वकप खेल्ने सपना अधुरै रहेको छ । मलेसियामा भएको यू-१९ विश्वकप छनोटमा नेपाल दोस्रो स्थानमा  रहेपछि लगातार दोस्रो पटक विश्वकप खेल्ने नेपालको सपना अधुरै रहेको हो । 

दोस्रो पटक विश्वकप खेल्ने नेपालको सपना अधुरो
काठमाडौं- नेपाली यू-१ क्रिकेट टोलीको लगातार दोस्रो पटक विश्वकप खेल्ने सपना अधुरै रहेको छ । मलेसियामा भएको यू-१९ विश्वकप छनोटमा नेपाल दोस्रो स्थानमा  रहेपछि लगातार दोस्रो पटक विश्वकप खेल्ने नेपालको सपना अधुरै रहेको हो । नेपालले पछिल्लो पटक २०१६ मा बंगलादेशमा आयोजना भएको यू-१९ विश्वकप क्रिकेट खेलेको थियो ।

छनोटमा पाँच खेल खेलेको यूएइले सबै खेलमा जित निकाल्दै छनोटको विजेता टोली बन्यो । नोपलले भने पाँच खेल मध्यमा चार खलमा जित र एक खेलमा पराजित भएको थियो । नेपाल युएईसँगको खेलमा एक रनले पराजित भएको थियो । 

नेपाल र यूएईबीचको खेलमा नेपालले दिएको लक्ष्य यएईले पछ्याउने क्रममा बर्षा बाधक बनेपछी खेल डकवर्थ लुई (डिएल) मेथडको आधारमा यूएईले एक रनले जितेको थियो । त्यसपछि नेपालको विश्वकप पुग्ने आसा भनेको युएईले कुनै एक खेलमा पराजित हुनुँ र नेपालले बाँकी सबै खेलमा जित हात पार्नु थियो । 

तर, यूएईले आफ्नो अन्तिम खेल सम्म निरन्तर विजयी भयो । बिहीबार भएको आफ्नो अन्तिम खेलमा यूएईले ओमानलाई १० विकेटले पराजित गरेसँगै नेपाल विश्वकपमा छनोट हुने सपना अधुरै रहेको हो । 

जारी विश्वकपको एसिया छनोटबाट अपराजित रहँदै यूएई १० अंकका साथ विश्वकपमा छनोट भएको छ । ६ टोली सहभागी प्रतियोगिताको अंकतालिकाको शीर्ष स्थानमा रहने टोली सन् २०२० मा दक्षिण अफ्रिकामा हुने विश्वकपमा छनोट हुने प्रावधान थियो ।
प्रतिक्रिया दिनुहोस्