आईतबार, मंसिर १, २०७६

स्वास्थ्य/जीवनशैली

मिठो काजु भित्रको नमिठो पीडा 

काजु प्रायः सबैलाई मन पर्ने 'ड्राई' फुडमा पर्छ। तर, मीठो हुने यो काजु बन्नको लागि भने धेरै मेहनत लाग्छ। हामीले खाने मीठो काजुको लागि कामदारहरुको पीडादायी मेहनतलाई मान्नै पर्छ।

मिठो काजु भित्रको नमिठो पीडा 
काठमाडाैं - काजु प्रायः सबैलाई मन पर्ने 'ड्राई' फुडमा पर्छ। तर, मीठो हुने यो काजु बन्नको लागि भने धेरै मेहनत लाग्छ। हामीले खाने मीठो काजुको लागि कामदारहरुको पीडादायी मेहनतलाई मान्नै पर्छ।

काजु,  ‘भेगन’ दुधका परिकार नखानेहरुको रुचाइमा पर्ने गरेको छ। काजुमा  प्रोटिन, म्याग्नेसियम, पोटासियम, आइरन, जिन्क र मोनोस्याच्युरेटेड फ्याट पाइन्छ। मोनोस्याच्युरेटेड फ्याटले मुटुको रोगबाट बचाउन मद्दत गर्छ। काजु तागत बढाउने ‘बटर’ र ‘सलाद’ मा पनि प्रयोग हुन्छ। 

किन गाह्रो हुन्छ, काजु बनाउन?

काजुको बाहिरी खोल निकै साह्रो हुन्छ। यो खोल निकाल्नको लागि मेसिनभन्दा पनि हात बढी प्रभावकारी हुन्छ। अथवा भनौं, यसलाई हातले नै निकाल्नु पर्ने हुन्छ। काजुको बाहिरी हाडमा  ‘कार्डोल’ र ‘एनकार्डी एसिड’ पाइन्छ। यस्ता एसिडले निकै खराब तवरले हात जलाउँछन्।

दैनिक १० केजी काजु बनाउने काम गर्छिन् भारत केरलाकी पुष्पा। पुष्पा, केवल १३ वर्षकी भइन्। साँझसम्म उनको हात पुरा जलिसकेको हुन्छ। काजुको हाड फोर्न प्रयोग हुने हतिरयारले कैयन पटक उनको औँलामा चोटपटक लागेको छ भने कैयन पटक काटिएका छन्। त्यसमाथि काँजु फोड्दा निस्कने एसिडले घाउमा पीडा थप्छ।

भियतनाममा भने काजुको हाड फोर्नको लागि मेसिनको व्यवस्था गर्न थालिएको छ तर, भारतमा भने अवस्था उस्तै छ।

स्वास्थ्यकर्मी उमा जगमूर्तिले औला काटिएपछि मात्रै घाइतेहरु उपचारका लागि आउने गरेको बताइन्। 'सामान्य घाउ वा चोटपटकमा उनीहरु उपचारको लागि आउदैनन्', उनले भनिन्', 'जसको कारण एसिडको असर घाउमा झन् बढ्न थाल्छ।' 
प्रतिक्रिया दिनुहोस्