सोमबार, मंसिर २३, २०७६

समाचार

प्रदेश १ का संसदीय समितिले एक वर्षपछि सभापति पाउँदै

सभापति विहीन प्रदेश १ का विभिन्न सात संसदीय समितिहरूले एक वर्षपछि आफ्नो सभापति पाउने भएका छन् । यही चैत्र २२ गते संसदीय समितिका सभापतिहरूको चुनाव हुने भएकाले समितिले सभापति पाउन लागेका हुन । 

प्रदेश १ का संसदीय समितिले एक वर्षपछि सभापति पाउँदै
इटहरी- सभापति विहीन प्रदेश १ का विभिन्न सात संसदीय समितिहरूले एक वर्षपछि आफ्नो सभापति पाउने भएका छन् । यही चैत्र २२ गते संसदीय समितिका सभापतिहरूको चुनाव हुने भएकाले समितिले सभापति पाउन लागेका हुन । 

संसदीय समितिका सभापतिहरूको निर्वाचनको लागी प्रदेश सभा सचिवालयका सचिव अम्बिका चौलागाइलाइ निर्वाचन अधिकृत समेत नियुक्ति गरिएको सभामुख प्रदीप भन्डारीले बताए । 

२०७४ चैत २८ गते विभिन्न सात समितिमा सदस्यहरूको मनोनयन भए पनि अझै समितिहरूले सभापति पाउन सकेका छैनन्। सभापतिको चयन नहुँदा अत्यावश्यक बैठकहरूमा ज्येष्ठ सदस्यले सभापतित्व गरेर सञ्चालन हुँदै आएको थियो । 

संसद्का न्याय, प्रशासन तथा विधायन समिति, सुशासन तथा योजना समिति, अर्थ समिति, सार्वजनिक लेखा समिति, सामाजिक विकास समिति, उद्योग, पर्यटन  तथा वातावरण समिति र प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समिति रहेका छन् । 

कुन समितिमा को छन?

९३ सांसद भएको प्रदेश १ को प्रदेश सभामा विभिन्न सात समिति छन् । विषयगत समितिमा भएका सांसदहरूको नामावली यस्तो छः

१७ सदस्य न्याय, प्रशासन तथा विधायन समितिका सदस्यहरुः
 

–    इन्द्रमणि पराजुली 
–    खिनु लङवा (लिम्बु) 
–    चन्द्र प्रसाद श्रेष्ठ
–    चुम नारायण तबदार
–    जयराम यादव
–    टंक बहादुर आङबुहाङ 
–    वसन्ती देवी यादव
–    बिमल कार्की
–    विष्णु तुम्बाहाम्फे
–    राजकुमार ओझा
–    राजिव कोइराला
–    लिलाबल्लब अधिकारी 
–    शान्ता पौडेल
–    साबित्री जोशी
–    सौभाग्यवती देवी राई किराँत
–    ज्ञानेश्वर राजवंशी

१३ सदस्य सामाजीक विकास समितिका सदस्यहरु

–    अगमलाल चौधरी 
–    अम्बिका थापा
–    कल्पना कुमारी सरदार
–    कृष्ण कुमारी राई
–    केदार कार्की
–    गणेण कुमार काम्बाङ्ग
–    झलक बहादुर मगर
–    निरन राई 
–    राजेन्द्र कुमार राई
–    राम चन्द्र लिम्बु
–    लछुमन तिवारी 
–    सावित्रा कुमारी   रेग्मी 
–    सीता थेवे 

११ सदस्य अर्थ समितिका सदस्यहरु

–    अर्जुन राई 
–    एकराज कार्की
–    ओम सरावगी 
–    जसमाया गजमेर (विश्वकर्मा)
–    पदम कुमारी गुरुङ 
–    पुर्णप्रसाद राजवंशी
–    प्रताप प्रकाश हाङगाम
–    यसोदा अधिकारी 
–    राजन राई 
–    राम कुमार राई 
–    लिला सुब्बा

९ सदस्य सार्वजनिक लेखा समितिका सदस्यहरु

–    आशारत्न जबेगु
–    कुल प्रसाद साम्बा
–    कुसुम कुमारी श्रेष्ठ
–    तुलसी प्रसाद न्यौपाने
–    बसन्त कुमार बानिया
–    शिव नारायण गनगाई
–    सन्जा कुमारी दनुवार
–    सरिता थापा
–    होम कुमारी साँवा

११ सदस्य उद्योग, पर्यटन तथा वातावरण समितिका  सदस्यहरु

–    उमिता विश्वकर्मा
–    कला घले
–    काजी मान कागते
–    नारायण बहादुर मगर
–    बिन्दिया कार्की
–    बुद्धिकुमा राजभन्डारी 
–    महमद ताहिर मिया
–    राम बहादु मगर
–    लिलम बस्नत
–    विद्यानन्द चौधरी
–    श्रीप्रसाद मैनाली 

१२ सदस्य प्राकृतिक श्रोत तथा पुर्वाधार विकास समितिका सदस्यहरु

–    अम्बिर बाबु गुरुङ 
–    उत्तम कुमार बस्नेत
–    उपेन्द्र प्रसाद घिमिरे
–    गोपालचन्द्र बुढाथोकि
–    नवोदिता कुमारी चौधरी 
–    बिजय कुमार विश्वास
–    बिना देवी राई 
–    बृख बहादुर प्रधान
–    मोहन कुमार खड्का 
–    लोक प्रसाद संग्रौला
–    सर्वध्वज साँवा 
–    हिमाल कार्की 

१३ सदस्य सुशासन तथा योजना समितिका सदस्यहरु

–    उषाकला राई
–    गुलेफुन खातुन
–    ज्योती सुब्बा
–    तेजमान कन्दङ्वा
–    धिरेन्द्र शर्मा
–    पूर्ण प्रसाद राई (याम्फू)
–    बल बहादु साम्सोहाङ 
–    भीमप्रसाद आचार्य
–    राधा थापा
–    शेखर चन्द्र थापा
–    सुनिता कुमारी चौधरी 
–    सुयर्मा राज राई
–    हिरा कुमारी थापा
प्रतिक्रिया दिनुहोस्