सोमबार, मंसिर ३०, २०७६

समाचार

सम्पूर्ण अपडेट- आज के-के भयो ?

आज चैत ११ गते साेमबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।

सम्पूर्ण अपडेट- आज के-के भयो ?
काठमाडौं- आज चैत ११ गते साेमबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।

विप्लवलाई चैतभित्रै समाउने सरकारी तयारी

प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैतभित्रै नेकपाका संयोजक नेत्रविक्रम चन्द विप्लवलाई नियन्त्रणमा लिने दाबी गरेका छन्। नेकपा संसदीय दलको सोमबार सिंहदरबारमा बसको बैठकमा प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन्।

कांग्रेस बैठक : सरकारले विप्लवलाई उत्तेजित बनायो

सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएर झनै उत्तेजित बनाउन खोजेको  नेपाली कांग्रेसले आरोप लगाएको छ। सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले नेत्रविक्रम चन्द समूहलाई प्रतिबन्ध लगाउनु बेठीक भएको निष्कर्ष निकालेको हो।

निर्वाचन आयोगको प्रमुख आयुक्तमा दिनेशकुमार थपलिया सिफारिश

संवैधानिक परिषद्ले रिक्त प्रमुख निर्वाचन आयुक्तमा नेपाल सरकारका सचिव दिनेशकुमार थपलियालाई सिफारिश गरेको छ। सङ्खुवासभाका थपलिया सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका बहालवाला सचिव हुन्। 

जनकपुर अञ्‍चल अस्पताल आफै आइसीयूमा

झण्डै एक वर्षअघि सुरु भएको जनकपुर अञ्चल अस्पतालको सघन उपचार कक्ष (आइसीयू) अहिले आफै आइसीयूमा पुगेको छ। विशेषज्ञ चिकित्सक नहुँदा अस्पतालको आइसीयूमा भर्ना हुने बिरामीले सास्ती खेप्नु परेको छ।

विस्फोटक पदार्थसहित विप्लवका इञ्‍चार्ज पक्राउ

प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका इञ्चार्ज विष्फोटक पदार्थसहित पक्राउ परेका छन्।

जागिरका लागि यसरी जान सकिन्छ जापान

नेपाल र जापानबीच नेपाली कामदार लाने विषयमा श्रमिक आपूर्ति सम्बन्धी सहकार्यको समझदारी (एमओसी) मा हस्ताक्षर भएको छ। सो समझदारी पत्रमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सचिव रामप्रसाद घिमिरे र नेपालका लागि जापानी राजदूत मासामिचि साइगोले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।

जागिरका लागि यसरी जान सकिन्छ जापान

नेपाल र जापानबीच नेपाली कामदार लाने विषयमा श्रमिक आपूर्ति सम्बन्धी सहकार्यको समझदारी (एमओसी) मा हस्ताक्षर भएको छ। सो समझदारी पत्रमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सचिव रामप्रसाद घिमिरे र नेपालका लागि जापानी राजदूत मासामिचि साइगोले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।

लोग्‍नेलाई रक्सी छुटाउन हरिकलाको २२ वर्ष सङ्घर्ष

मंगलसैन नगरपालिका–६ ठुलासैनस्थित मध्यपहाडी लोकमार्ग सँगै जोडिएको रेणु कोल्ड स्टोर एण्ड गोरी होटलमा बिहानदेखि बेलुकासम्म ग्राहकको चहलपहल भैरहन्छ। यहाँ पाइने खाना–नास्ता, दही–दूध, घीउलगायतका खानेकुरा र होटल सञ्चालक हरिकला तथा उहाँका श्रीमान् गोरप्रसाद भण्डारीको व्यबहारले सबैलाई मोहित बनाउँछ।

कालो झन्डा बोकेर विद्यालयमा आन्दोलन

देशभरका माध्यमिक विद्यालयमा एसइईको चटारो छ। ९ देखि तल्लो तहमा वार्षिक परीक्षा सकेका अधिकांश विद्यालयमा छुट्टी छ। तर, सुर्खेतको एक विद्यालयमा भने चार दिनदेखि आन्दोलन चलिरहेको छ। सिम्ता गाउँपालिका–८ डाँडाखालीमा रहेको नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालयमा माध्यमिक तहसम्मको अध्ययन/अध्यापनको माग गर्दै आन्दोलन थालिएको हो।

'ओली सिके राउतका प्रवक्ता'

राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओली सिके राउतको प्रवक्ता बनेको टिप्पणी गरेका छन्। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री ओलीले राजनीतिमा अपरिपक्वता प्रदर्शन गरिरहेको बताए।

कांग्रेस संसदीय दलको बैठक सिंहदरबारमा

नेपाली कांग्रेस संसदीय दलको बैठक सिंहदबारमा सुरु भएको छ। संसद्को हिउँदे अधिवेशन सकिएपछि बसेको बैठकमा संसदीय पद्धतिमा देखिएको पछिल्लो घटनाक्रमको समीक्षा गर्ने  दलका प्रमुख सचेतक बालकृष्ण खाँडले बताए । बैठकले हिउँदे अधिवेशनको समीक्षा र आगामी वर्षे अधिवेशनको रणनीति तथा योजना तय गर्नेछ।

केन्द्र तथा प्रदेश सरकारबीच समन्वय नभएको भन्दै नेकपाभित्र गुनासो

नेकपा संसदीय दलको बैठकमा सांसदहरूले प्रदेश तथा केन्द्र सरकारबीच समन्वय अभाव भएको गुनासो गरेका छन्।

लगानी सम्मेलन : आउला त ३१ खर्ब ?

 नेपाल लगानी सम्मेलनमा सरकारले साढे ३१ खर्ब रुपैयाँका ७३ परियोजना प्रस्तुतीकरण गर्ने भएको छ। अर्थमन्त्री एवं लगानी बोर्डका उपाध्यक्ष डा.युवराज खतिवडाको संयोजकत्वमा रहेको निर्देशक समिति बैठकले सम्मेलनमा विदेशी लगानीकर्तासामु निजी क्षेत्र २३ र सरकारी क्षेत्रका ५० परियोजनासहित ७३ परियोजनालाई प्रस्तुत गर्ने टुंगो लगाएको हो।

नेपाल र जापानबीच श्रम सम्झौतामा हस्ताक्षर

नेपाल र जापानबीच नेपाली कामदार लाने विषयमा आज श्रमिक आपूर्ति सम्बन्धी सहकार्यको समझदारी (एमओसी) मा हस्ताक्षर भएको छ। ललितपुरको कुपण्डोलस्थित हिमालयन होटलमा आयोजित कार्यक्रममा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सचिव रामप्रसाद घिमिरे र नेपालका लागि जापानी राजदूत मासामिचि साइगोले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।

निर्मला हत्या प्रकरणका फरार पूर्व डिएसपी अदालतमा

निर्मला पन्तको बलात्कार पछि भएको हत्यामा प्रमाण नष्ट र यातना दिएको अभियोग लागेका केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीका तत्कालिन डिएसपी अंगुर जिसी अदालत उपस्थित भएका छन्

भलिबल  विवादमा युवकको हत्या 

बझाङमा भलिबल खेल्ने क्रममा बिबाद हुदा एक युवकको हत्या भएको छ । सुर्मा गाउँपालिका वडा नम्बर ५ बस्ने १८ बर्षिया आनन्द विकको हत्या भएको हो।

खेल सकिएको एक हप्तासम्म रंगशालाबाट उठेन फोहोर 

तीन करोड बजेट खर्च गरेर प्रथम आमन्त्रित मुख्यमन्त्री कप खेलकुद प्रतियोगिता सकिएको एक हप्ता सम्म पनि फोहोर नउठेपछि धनगढी रंगशाला कुरुप बनेको छ । 

एएफसी यू-२३ मा नेपाल कतारसँग पराजित

एएफसी तेइस वर्षमुनि यू-२३ च्याम्पियनसिप छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ । 

सुनसरीमा आगलागी, चार घर जलेर नष्ट

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–२ अकाहा बजारमा आगलागी हुँदा चार घर जलेर नष्ट भएको छ । आइतबार लागेको आगोबाट करिब १२ लाख मूल्य बराबरको सामग्री नष्ट भएको प्रहरीले जनाएको छ। 

गुडिरहेको बसमा आगो लाग्यो, ४ जनाको मृत्यु

भारतको उत्तर प्रदेशमा गुडिरहेको बसमा आगो लागेको छ । आग्रा-लखनउ एक्सप्रेस वेमा एक बसमा अकस्मात आगो लाग्दा बसमा सवार ४ जनाको मृत्यु भएको छ । 

पलेँटीमा आभासको सांगीतिक यात्रा

बितेको १३ वर्षदेखि पलेँटी संयोजन गर्दै आएका गायक तथा संगीतकार आभास स्वयम् यसपटकको कार्यक्रममा प्रस्तुत हुने भएका छन्। नेपालयले संचालन गर्दै आएको यस लघु सांगीतिक कार्यक्रमको सुरूवात पनि आभाषकै गीतहरूबाट भएको थियो। 

दीपिकाको रूप देखेर सबै अचम्म

रणवीर सिंहसँगको बिहेपछि दीपिका पादुकोणले फेरि फिल्ममा काम गर्न सुरु गरेकी छन्। बिहेपछिको उनको पहिलो फिल्म ‘छपाक’ हुने भएको छ। यस फिल्मको निर्देशन मेघना गुलजारले गनेछन्। फिल्मको दीपिकाको पहिलो लुक सार्वजनिक भएको छ।
प्रतिक्रिया दिनुहोस्