आईतबार, मंसिर १, २०७६

प्रविधि

टिकटक बन्यो सर्वाधिक प्रयोग गरिएको सामाजिक सञ्जाल

सोशल मिडियाको एक ठुलो हिस्सा मानव जीवनमा ओगटोको छ। ‘इन्स्टाग्राम’,  ‘फेसबुक’, ‘ह्वाट्स एप’, ‘टिकटक’ रहेका छन्। यी मध्ये, ‘टिकटक’ सबैभन्दा बढी डाउनलोड र सर्वाधिक प्रयोग गरिएको सामाजिक सञ्जाल बनेको छ। 

टिकटक बन्यो सर्वाधिक प्रयोग गरिएको सामाजिक सञ्जाल
सोशल मिडियाको एक ठुलो हिस्सा मानव जीवनमा ओगटोको छ। ‘इन्स्टाग्राम’,  ‘फेसबुक’, ‘ह्वाट्स एप’, ‘टिकटक’ रहेका छन्। यी मध्ये, ‘टिकटक’ सबैभन्दा बढी डाउनलोड र सर्वाधिक प्रयोग गरिएको सामाजिक सञ्जाल बनेको छ। 

हालसम्म टिकटक करिब एक अर्ब भन्दा बढी पटक ‘डाउनलोड’ भएको छ। सन् २०१८ मा टिकटक ६६ करोड पटक डाउनलोड गरिएको थियो। यस्तै, इन्स्टाग्राम ४४ करोड ४० लाख पटक डाउनलोड गरिएको छ। 

यो जानकारी ‘एप एनोलेटिक्स कम्पनी सेन्सर टावर’ले सार्वजनिक गरेको हो। टिकटकको यो ग्रोथले  फेसबुक, स्न्याप च्याट जस्ता ठुला सामाजिक सञ्जाललाई प्रभावित पारेको छ। 
सेन्सर टावर के फाउन्डर ओलिभरको अनुसार सन् २०१८ मा ‘नन गेम क्याटोगरी’मा पनि चौथो स्थानमा परेको छ। 

यसका साथै सर्वाधिक रुचाइएको सामाजिक सञ्जाल फेसबुक हालसम्म ७१ करोड १० लाख पटक डाउनलोड  गरिएको छ।  सन् २०१९ मै पनि सात करोड  १० लाख भन्दा बढी नयाँ प्रयोगकर्ताले फेसबुक डाउनलोड गरेका छन्। यो रिर्पोट सन् २१०८ को, तुलनामा २.६ गुनाले बढी हो। 

सन् २०१७ को  डिसेम्बरमा अर्को चिनियाँ एप ‘बाइट डान्स’ले म्युजिकल्लीलाई एक बिलियन डलर (नेपाली करिब एक अर्ब १३ खर्ब २६ करोड) मा खरिद गरेको थियो। यी दुवै एपलाई ‘मर्ज’ गरेर टिकटक सन् २१०८ मा लन्च भएको हो। 

टिकटकको यो विशेषतालाई फेसबुक र स्न्याप च्याटले पनि नक्कल गर्दै ‘लास्सो’ नामक  सोशल भिडियो एप पनि लन्च गरेको थियो। तर, उक्त एप  भने सफल हुन सकेन। 
लास्सोमा पनि टिकटक जस्तै गीतमा ‘लिप्सिङ्ग’ वा अभिनय गरेर चलाउने प्रवृतिको थियो। 
प्रतिक्रिया दिनुहोस्