आफैंले बोकेको राइफल पड्किएर नेपाली सेनाका एक सिपाहीको मृत्यु भएको छ। बरख गण धनकुटामा कार्यरत डोटीका चेतनाथ जोशीको ड्युटीमा रहेका बेला गोली लागेर मृत्यु भएको हो ।
धनकुटा- आफैंले बोकेको राइफल पड्किएर नेपाली सेनाका एक सिपाहीको मृत्यु भएको छ। बरख गण धनकुटामा कार्यरत डोटीका चेतनाथ जोशीको ड्युटीमा रहेका बेला गोली लागेर मृत्यु भएको हो ।
शनिबार राति पौने ९ बजे ड्युटीमा रहेका बेला आफैंले बोकेको एम १६ राइफलको गोली छातीमा गोली लागेको थियो । गोली लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा राति ९ः५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
घटनाको प्रकृति हेर्दा बन्दुक बोकाइको सन्तुलन नमिल्दा आफै पड्किएर गोली लागेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।