सोमबार, मंसिर २३, २०७६

समाचार

'अस्ट्रेलियामा नर्सिङ पढाउने शैक्षिक संस्था बन्द!'

हजार बढी नेपाली नर्सिङका विद्यार्थीलाई अलपत्र पार्ने अस्ट्रेलियाको अस्ट्रेलियन इन्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआइबिटी) बाहेक नेपाली विद्यार्थीले नर्सिङ पढ्दै गरेका अन्य शैक्षिक संस्था पनि बन्द हुन सक्ने अस्ट्रेलियन मिडियाले बताएको छ। अस्ट्रेलियाबाट सञ्चालित साउथ एसिया डटकम डट एयुका अनुसार एआइबिटीबाहेक अन्य डिप्लोमा नर्सिङ पढाउँदै गरेका संस्थाहरूको पनि दर्ता खारेज हुन सक्छ।

'अस्ट्रेलियामा नर्सिङ पढाउने शैक्षिक संस्था बन्द!'
इटहरी- हजार बढी नेपाली नर्सिङका विद्यार्थीलाई अलपत्र पार्ने अस्ट्रेलियाको अस्ट्रेलियन इन्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआइबिटी) बाहेक नेपाली विद्यार्थीले नर्सिङ पढ्दै गरेका अन्य शैक्षिक संस्था पनि बन्द हुन सक्ने अस्ट्रेलियन मिडियाले बताएको छ।अस्ट्रेलियाबाट सञ्चालित साउथ एसिया डटकम डट एयुका अनुसार एआइबिटीबाहेक अन्य डिप्लोमा नर्सिङ पढाउँदै गरेका संस्थाहरूको पनि दर्ता खारेज हुन सक्छ।

‘अरू डिप्लोमा नर्सिङ पढाउनेले भोकेसनल एजुकेसन एन्ड ट्रेनिङ (भिइटी)’ बाट स्वीकृत भए पनि डिप्लोमा नर्सिङ पढाउन आवश्यक अस्ट्रेलियन नर्सिङ एन्ड मिडवाइफेरि एक्रिडिटेसन काउन्सिल (एएनएमएसी) को मापदण्ड नपुगेका हुन सक्छन्’, नियामक निकायका एक पदाधिकारीलाई उधृत गर्दै साउथ एसिया डटकम डट एयुले लेखेको छ, ‘दर्ता खारेज हुने यो नै अन्तिम कलेज नहुन सक्छ ।’

यस कारण खारेज भयो एआइबिटी

नेपालको सिटिभइभिटी कोर्सजस्तै अस्ट्रेलियाको भिइटी अर्थात् भोकेसनल एजुकेसन एन्ड ट्रेनिङ कोर्स हुन्छन्।विदेशी विद्यार्थी अध्ययनका लागि सिआरआइसिओएस अर्थात् ‘कमनवेल्थ रेजिस्टर अफ इन्टिच्युसन एन्ड कोर्सेस फर इन्टरनेसनल स्टुडेन्ट’ को पनि सम्बन्धन पाउनुपर्छ।अझ नर्सिङको डिप्लोमा कोर्स सञ्चालनका लागि भने अस्ट्रेलियन नर्सिङ एन्ड मिडवाइफेरी एक्रिडिटेसन काउन्सिल (एएनएमएसी) को मापदण्ड पनि पुग्नुपर्छ। तर, हजार बढी नेपालीले एकदेखि डेढ वर्षसम्म पढ्दै आएको सिआइबिटीले भने केही मापदण्ड पूरा गरेन।त्यसैले यसको दर्ता खारेज भयो।

अस्ट्रेलिया सरकारको भिइटी र सिआरआइसिओएसको हेर्ने आधिकारी निकाय एएसक्युए अर्थात् अस्ट्रेलियन स्किल्स क्वालिटी एथोरिटीले यही फेब्रुअरी १९ मा दर्ता प्रक्रिया खारेज गर्‍यो।एआइबिटीको दर्ताका सम्पूर्ण प्रक्रियाहरू २६ मार्चभित्र सकिने गरी एएफक्युएले यस्तो निर्णय गरेको अस्ट्रेलियन मिडियाले बताएका छन्।

दर्ता खारेजका क्रममा विभिन्न चारवटा कारण दिइएको साउथ एसिया डटकम डट एयुले लेखेको छ।उसका अनुसार गलत मार्केटिङ अध्यास, कोर्सको मागअनुसार ट्रेनिङर अभ्यास हरेक विद्यार्थीलाई सिक्न असहजता, पर्याप्त पूर्वाधार र दक्षजनशक्तिको अभाव र हरेक विद्यार्थीले सिक्ने गरी आन्तरिक परीक्षा नभएका जस्ता कारण देखाउँदै दर्ता खारेजी भएको हो।

नेपाली नै छन् नेपाली तान्ने अवैधानिक कलेजका बिजनेस म्यानेजर

सिड्नी, ब्रिसबन र होवर्टजस्ता अस्ट्रेलियाको तीन सहरमा कार्यालय भएको संस्था हो एआइबिटी।यो कलेजमा सबैभन्दा धेरै नेपाली विद्यार्थी पढ्दै थिए।यसरी हजार बढी नेपाली नर्सिङका विद्यार्थीलाई दर्ता नै नगराई पढाउने एआइबिटी कलेजका व्यवस्थापनमा भने नेपाली थिए।बिजनेस डेभलपमेन्ट म्यानेजर पदमा रही नेपालीलाई गलत सूचना दिएर भर्ना गरे व्यक्ति हुन राजु रेग्मी।नेपाल घर जनकपुर भएका रेग्मीले नेपाली भएर पनि पीडित नेपाली विद्यार्थीलाई भन्दा उत्पीडक कलेजका पक्षमा वकालत गरेको एक विद्यार्थीले हालसालै सीधा कुरा जनतासँग नामक एक टेलिभिजन कार्यक्रममा बताएकी थिइन्।


नेपालका विभिन्न सहरमा आएर एआबिटीको विज्ञापन गर्ने रेग्मीकै कारणले धेरै नेपाली विद्यार्थी दर्ता नै नभएको  शैक्षिक संस्थामा पढ्न पुगेको विभिन्न कन्सल्टेन्सीका सञ्चालकहरूले बताएका छन्।

हजार नेपाली विद्यार्थीको दुई अर्ब डुब्ने खतरा

आफूले एकदेखि डेढ वर्षसम्म विभिन्न नेपाली कन्सल्टेन्सीहरूको ललाइफकाइमा पढ्दै आएको कलेज बन्द हुँदा नेपाली विद्यार्थीको दुई अर्ब बढी रकम डुब्ने जोखिम भएको छ।हाल एक हजार हाराहारी भएका नेपाली विद्यार्थीले औसत प्रक्रियादेखि कलेज फीसम्म गरेर २० लाखका दरले तिरेका छन्।

यसरी हजार नेपालीले २० लाखको दरले तिर्दा दुई अर्ब हुन आउँछ।आर्थिक मात्रै हैन पढाइ र समयमा समेत समस्या आएको विद्यार्थीहरूले सीधाकुरालाई बताएका थिए।अस्ट्रेलियन सरकारको ट्युसन प्रोटेक्सन सर्भिसबाट पैसाको केही हिस्सा फिर्ता आउने बताइए पनि त्यस्तो कुनै  प्रक्रिया अगाडि नबढेको अस्ट्रेलियन मिडियाले बताएका छन्।

नेपालका एक्सपर्ट, मर्सी, अल्फाबिटालगायतका कन्सल्टेन्सीले भने कलेज भन्दै विद्यार्थीहरूलाई लगेको विद्यार्थीले गुनासो गरेका छन्।हालसालै सीधा कुरा जनतासँग भिडियो कुराकानीमा आएका उनीहरुले कलेजले तीनबर्से कोर्स दुई वर्षमै पूरा हुने र एक वर्षको क्रेडिट पनि पाउने भन्ने आश्वासन पाएको बताएका थिए।
यसअगाडि पनि नर्सिङ पढाउने संस्था बन्द गरिएका थिए।

नेपालीहरूले पढ्ने एआइबिटी मात्रै हैन यसअगाडि पनि यस्तै नेपालीहरूले नर्सिङ पढेको एक अर्को कलेज पनि बन्द भएको थियो।अस्ट्रेलिया निवासी नेपाली मूलका ईश्वर कुइँकेलका अनुसार सन् २००७ मा ब्रिसबेनको साफ्सटन कलेजमा डिप्लोमा नर्सिङको कोर्स भएको थियो।बन्द हुँदा धेरै नेपालीलाई बिचल्लीमा परेका थिए।
प्रतिक्रिया दिनुहोस्