बुधबार, वैशाख ५, २०८१

पत्रिका जलाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी- कैलालीको अत्तरिया बजारमा बिक्री वितरण गर्नका लागि ल्याइएका कान्तिपुर दैनिक, काठमाडौँ पोष्ट, नागरिक दैनिक पत्रपत्रिकाको पोकोमा अज्ञात समूहले आज बिहान आगो लगाएर नष्ट गरेको छ। 

नेपालगञ्जबाट बिहान अत्तरिया बजारको बिक्री केन्द्रमा पुगेको पत्रिका बोकेको जिपमा रहेका पत्रिका निकालेर चार पाँच जनाको समूहले आगो लगाइ नष्ट गरेको जनाइएको छ। 

नेपाल पत्रकार महासङ्घ कैलालीले पत्रपत्रिकामा आगजनी गरिएको घटनाप्रति आपत्ति जनाउँदै घटनामा संलग्नको खोजी गरी कडा कारवाही गर्न माग गरेको छ। 

महासङ्घले जारी गरेको विज्ञप्तिमा आम नागरिकलाई सुसूचित हुने अधिकारबाट वञ्चित हुने गरी पत्रिका जलाइएको यो घटना प्रेस स्वतन्त्रता माथिको आक्रमण भएको जनाएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।