कञ्चनपुर- माटोको ढिस्कोले पुरिएर मङ्गलबार शुक्लाफाँटा नगरपालिका–१ बन्साहाका नौ वर्षीया जानकी बिष्टको मृत्यु भएको छ ।
चाडपर्वका लागि घर लिपपोत गर्न माटो लिन गएकी बिष्टको माटो खन्ने क्रममा ढिस्कोले पुरिएर मृत्यु भएको हो । ढिस्कोले पुरिएकी उनको तत्कालै स्थानीय बासिन्दाले उद्धार गरी उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए ।
दशैँ नजिकिएसंगै गाउँघरमा घर लिपपोतका लागि माटो संकलन गर्ने गरिन्छ । तर, माटोको ढिस्कोको अवस्था बारे जानकारी नलिई माटो निकाल्न खोज्दा त्यै माटोको ढिस्कोले पुरिएर चाडवाडको मुखमा वर्षेनी आधा दर्जन ब्यक्तिको मृत्यु हुने गरेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४