एजेन्सी-युरोपियन क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिग अन्तर्गत आज (मंगलबार) आठ खेल हुँदैछन् । च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको खेलमा नेपाली समय अनुसार १०:४० बजे दुई खेल हुदै छन् ।
पहिलो खेल इंग्लिश क्लब म्यानचेस्टर सिटी र जर्मन क्लब होफेनहाइमले प्रतिस्पर्धा गर्नेछन् भने दोस्रो खेल इटालियन क्लब युभेन्ट्सले योङ ब्वाइजविरुद्ध खेल्नेछ ।
त्यस्तै सिटीले उसैको मैदानमा होफेनहाइमविरुद्ध खेल्नेछ । समूह चरणको पहिलो खेलमा फ्रेन्च क्लब लियोनसँग स्तब्ध सिटीलाई यो खेल जित्नैपर्ने बाध्यता छ । घरेलु मैदानमा हुने खेलमा युभेन्ट्स शतप्रतिशत जितको लक्ष्यमा हुनेछ ।
तर, योङविरुद्ध युभेन्ट्सका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो मैदानमा हुनेछैनन् । भ्यालेन्सियाविरुद्ध रातो कार्ड पाएका रोनाल्डो एक खेलको प्रतिबन्धमा छन् । नेपाली समय अनुसार १२:४५ मा च्याम्पियनस लिगमा छ खेल हुदै छन् ।
पहिलो खेल बेन्फिका र एइकेबीच प्रतिस्पर्धा हुदै छ । त्यस्तै रियल मड्रिडले सीएसकेए कस्कोको उसैको मैदानमा सामना गदै छ । बार्यनले अजाकविरुद्ध र इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडले स्पेनिस क्लब भ्यालेन्सियाविरुद्ध खेल्नेछ ।
पहिलो खेलमा योङ ब्वाइजलाई हराएको युनाइटेड लगातार दोस्रो जितको खोजीमा हुनेछ । भ्यालेन्सिया पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ । अर्को खेलमा लियोन सक्तर डोनेट्स्क तथा रोमा प्लाजिनको सामना गर्दै छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४