शुक्रबार, वैशाख ७, २०८१

दशैंमा निगमले ६ विमानबाट उडान भर्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- दशैंलाई प्राथमिकतमा राखेर नेपाल वायु सेवा निगमले ६ ओटा आन्तरिक (डोमेस्टिक) विमानबाट उडान भर्ने भएको छ ।

पछिल्लो समय निगमको दुई ओटा सानो चाइनीज वाई १२ जहाजले मात्रै उडान भर्दै आएको थियो । बाँकी आन्तरिक विमानहरुको मर्मत सम्भार गर्नु पर्ने आवश्यकता थियो । त्यसमध्ये दशैंअघि थप चार ओटा विमानले मर्मत सम्भारपछि उडान भर्ने निगमका प्रवक्ता अशोक सिग्देलले बताए। 

उनले दशैंमा यात्रुहरुलाई ध्यायानमा राखेर द्रुत गतिमा मर्मत सम्भार कार्य अघि बढाएको जानकारी दिए ।‘निगमले शनिबारदेखि मात्रै ५४ जना क्षमताको एक एमए ६० विमानलाई सञ्चालनमा ल्याएका छौ,’ उनले भने ‘त्यसले धनगढी, विराटनगर, नेपालगन्ज र भद्रपुरमा उडान भर्नेछ ।’

उनका अनुसार त्यस्तै असोज २० गतेदेखि १९ जनाको क्षमता रहेको दुई ट्वीनेटर विमान सञ्चालनमा ल्याइनेछ । उक्त विमानले पहाडी गन्तव्यमा उडान भर्नेछ । त्यसस्तै दशैं अघि नै ६० जना क्षमता रहेको एमए ६० पनि सञ्चलानमा ल्याउने तयारी निगमले गरिरेहेको छ । 

निगमकोअनुसार यसबाहेक दुई ओटा वाई १२ र एउटा ट्वीनेटर तिहारअघि सञ्चालनमा ल्याउने प्रयत्नका साथ काम अघि बढीरहेको प्रवक्ता सिग्देलको भनाइ छ । ती विमानहरु सुचारु भएसँगै निमगसँग रहेको सम्पूर्ण आन्तरिक नौं ओटा विमानले उडान भर्ने छ । आन्तरिकबाहेक निगमसँग अन्तर्राष्ट्रिय पाँच विमान छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्