मंगलबार, वैशाख ११, २०८१

किन थप रहस्यमय बन्दैछ निर्मला हत्या प्रकरण ? 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- कञ्चनपुरको भीमदत्त-१९ की १३ वर्षीया किशोरी निर्मला पन्तको  हत्या  अनुसन्धान थप जटिल बन्दै गएको छ । ११ साउनमा मृत अवस्थामा फेला परेकी उनको बलात्कारपछि हत्या भएको विषयमा प्रहरीले अनुसन्धान गरिरहका अभियुक्तहरूको डीएनए 'नेगेटिभ' पाइएपछि अनुसन्धानमा अन्योल बढेको हो ।

प्रहरीले मुख्य अभियुक्तका रूपमा नियन्त्रणमा लिई अनुसन्धान थालेका स्थानीय दिलिपसिंह बिष्टको डीएनए नमिलेपछि प्रहरीको अनुसन्धान माथि नै प्रश्न उठेको थियो । स्थानीय बासिन्दाको चर्को दबाबपछि नेपाल प्रहरीले  तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्ली बिष्ट, उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्टका भतिजा आयुषको डीएनए परीक्षण गरेको थियो ।

प्रहरीका एक उच्च अधिकारीका अनुसार पछिल्लो समय डीएनए परीक्षण  गरिएका निलम्बित एसपी बिष्ट, उनका छोरा किरण र मेयरका भतिजा आयुषको डीएनए परीक्षण अनुसन्धानको आवश्यकताभन्दा पनि स्थानीय बासिन्दाको दबाबमा गरिएको हो । प्रहरी अधिकारीको यो भनाइले पनि प्रहरी अनुसन्धानको गहिराइमाथि शंका उब्जेको छ ।

नेपाल प्रहरीले भने अनुसन्धान निरन्तर अगाडि बढेकाले अभियुक्तसम्म पुगेरै छाडने दाबी गरेको छ । अहिले नै अनुसन्धान अन्योलमा परेको बताउन नमिल्ने प्रहरी प्रवक्ता शैलेश थापा क्षत्रीले बताए । 'प्रारम्भिक अनुसन्धानबाट आशंका गरिएका केही व्यक्तिमाथि डीएनए परीक्षण गरेका हौं । त्यो नमिल्दा अनुसन्धान नै शून्यमा जाँदैन,' एसएसपी क्षत्रीले भने, 'यो अनुसन्धानको एउटा अंश मात्र हो । हरेक कोणबाट अनुसन्धान गरिरहेका छौं, जसबाट प्रहरी अपराधीसम्म पुग्नेमा विश्वस्त छौं ।'

के हो डीएनए ?

डिओक्सिराइबो न्युक्लिक एसिडको छोटकरी नाम नै डीएनए हो, जुन हरेक जीवमा फरक-फरक हुन्छ । यही फरक न्युक्लियसका आधारमा व्यक्तिको पहिचान गर्ने विधि नै डीएनए परीक्षण हो ।

सही नमूना लिएमा डीएनए परीक्षणबाट शतप्रतिशत परिणाम प्राप्त हुने प्रहरी अधिकारीहरूको भनाइ छ । सन् १९८० को दशकमा पहिचान भएको योे प्रविधी नेपालमा भने धेरै पछाडि मात्र प्रयोगमा आएको हो । डीएनएको परीक्षण नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाबाट गरिँदै आएको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।