हैदरावाद- उडिरहेको जेट एयरको विमानको इन्जिन एकाएक फेल भएपछि आकस्मिक अवतरण गरिएको छ । यो अखर भारतको हैदरावादबाट इन्दोरका लागि उडेको जेट विमान ७३७ को हो ।
विमानमा यात्रु र चालक दलसहित एक सय दिन जना मानिस थिए । विमान ३६ हजार फिट माथि उडिरहँदा आकाशमै इन्जिन फेल भएको थियो । इन्जिन फेल भएपछि विमानलार्इ गन्तव्यमा नपुर्याइ बीचमै अवतरण गरिएको हो ।
विमान १२ :०६ बजे इन्दोर विमानस्थलमा आकस्मिक अवतरण गरेको छ। सबै यात्रु सकुशल रहेको इन्दोर विमानस्थलका निर्देशक ए. सान्यालले बताए । जेट एयरवेज ९ डब्लु ९५५ उडानका पाइलटले एयर ट्राफिक कन्ट्रोलमा सम्पर्क गरी एउटा इन्जिन फेल भएको जानकारी गराएपछि नजिकैको विमानस्थलमा सफल अवतरण गरिएको सान्यालले बताए ।
अवतरणका क्रममा हुने सम्भावित दुर्घटनालार्इ रोक्न विमानस्थलमा विशेष सुरक्षा सतर्कता अपनाएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४