बिहीबार, वैशाख १३, २०८१

ट्रिटनमा तीन दिने सोसियल वर्क मेला

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं : ट्रिटन इन्टरनेशनल कलेजको आयोजनामा असोज १६ गतेदेखि १८ गतेसम्म तीन दिने सोसियल वर्क मेला हुँदैछ।

ट्रिटन कलेजमा आयोजित मेलामा विभिन्न कलेजमा  सोसियल वर्क अध्ययन गरिरहेका विद्यार्थी, शिक्षक, स्थानीय समुदाय, सामाजिक संघ संस्थाहरुको सहभागिता रहने छ । मेलाको उद्घाटन तीन नम्बर प्रदेश प्रमुख तथा वरिष्ठ समाजसेवी अनुराधा कोइरालाले गर्न कार्यक्रम छ।

बलात्कारको सिकार भएका महिलाहरुको शसक्तीकरणका लागि सहयोग गर्ने उद्देश्यले आयोजित यो मेलामा वर्कसप, फुड स्टल, नृत्य, नाटक, गीतलगायतक विविध रचनात्मक कार्यक्रमहरु समावेश गरिएका छन् । 

मेलामा माइती नेपाल, रेडक्रस, सोच, क्रियशनलगायतका सामाजिक संस्थाहरुको जानकारीमूलक स्टलहरु रहने छन् । मेलामा खानासँगै रमाइलोका लागि इन्डोर गेम, फनका विभिन्न आइटमहरु पनि समावेश गरिएका छन् ।
 
मेलामा पाँच सयभन्दा बढीको सहभागिता हुने अनुमान गरिएको छ। सोसियल वर्क मेला पहिलोपटक आयोजना हुन लागेको हो । अब वर्षेनी यस्तो मेला आयोजना गरिने कलेजले जनाएको छ।

सोसियल वर्क पढेका विद्यार्थीहरुलाई समाजिक समस्या र मुद्दाहरुमा थप प्रभावकारी रुपमा अध्ययन तथा अनुसन्धान गर्न यस्तो मेलाबाट सहयोग पुग्ने कलेजका प्रिन्सिपल प्रा डा।बिहारी विनोद पोखरेलले बताए ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।