बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • पाइपलाइन विस्‍तार र रसायनिक मल उत्पादनको सम्भाव्यता अध्ययनको सहमति

पाइपलाइन विस्‍तार र रसायनिक मल उत्पादनको सम्भाव्यता अध्ययनको सहमति

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
 काठमाडौं- नेपाल र भारतबीच एलपिजी ग्यास र प्राकृतिक ग्यास पाइपलाइन विस्तारका साथै रसायनिक मल उत्पादनको लागि सम्भाव्यता अध्ययन सम्बन्धमा सहमति भएको छ।

नेपाल भ्रमणमा आएका भारतीय पेट्रोलियम मन्त्री धर्मेन्द्र प्रधानले उद्योगमन्त्री मातृका यादवसँग द्विपक्षीय वार्तापछि संचारकर्मीसँग कुरा गर्दै यी परियोजनामा नेपाल आयल निगम र इण्डियन आयल निगमले संयुक्तरुपमा काम गर्ने जानकारी दिए।

 भेटवार्ताको क्रममा द्विपक्षीय उर्जा सहयोगको समिक्षा गर्दै मोतिहारी देखि अमलेखगंजसम्म निर्माणाधीन पेट्रोलियम पाइपलाइन चाँडै सम्पन्न गर्न जोड दिइएको छ। 

भारतीय मन्त्रीले शनिबार जनकपुरधाम भ्रमण गर्ने कार्यक्रम छ।‌‌‌‌‌‌‌ साथै उनले धनुषाधाममा प्रस्तावित सिप विकास केन्द्र‌ निर्माण स्थलको समेत निरिक्षण गर्नेछन्। भारतीय सिप विकास मन्त्री समेत रहेका उनले डिप्लोमा तहको प्राविधिक शिक्षा प्रदान गर्ने सिप विकास केन्द्र संचालनमा सहयोगको घोषणा गर्ने भारतीय महावाणिज्य दूतावास वीरगंज सम्बद्ध श्रोतले जानकारी दिएको छ।

जनकपुर  भ्रमणलगतै  अमलेखगंज पुगेर  पाइपलाइन निर्माणको प्रगतीबारे जानकारी लिने कार्यक्रम ‌छ। प्रधान दुई दिने भ्रमणका क्रममा शुक्रबार बिहान काठमाडौं आएका थिए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्