बिहीबार, वैशाख १३, २०८१

 'कर्के नजर' सार्वजनिक 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
पछिल्लो समयकी चर्चित गायिका मेलिना राई र युवा गायक जोसेफ शाही ठकुरीको आवाजमा 'कर्के नजर' बोलको गीत सार्वजनिक भएको छ । 

लोकपप फ्यूजन शैलीमा बनेको रोमान्टिक गीतको म्यूजिक भिडियोलाई हाईलाईट्स नेपालले बजारमा ल्याएको हो । काले दाई, कान्छी मट्याङ-ट्याङ जस्ता दर्जनौ गीतमा संगीत भरिसकेका चर्चित संगीतकार कोशिष क्षेत्रीको संगीत रहेको 'कर्के नजर'मा वासुदेव नेपालको शब्द छ । 

चर्चित एरेन्जर उदयराज पौडेलले संगीत संयोजन गरेका छन् । कृपा दृष्य स्टुडियोमा रेकर्ड गरिएको गीतलाई उज्वल स्रेयन महतले मिक्सिङ,मास्टरिङ गरेका हुन्। सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको गीतमा सृष्टि खड्का र सुवास तिमल्सिनाको अभिनय हेर्न सकिन्छ । पछिल्लो समय भिडियो सम्पादन भन्दा निर्देशनमा व्यस्त निशान घिमिरेले 'कर्के नजर'को भिडियो निर्देशन गरेका हुन् ।

बालाजुस्थित एनएफडिसी स्टुडियायोमा खिचिएको भिडियोलाई उत्सव दाहालले छायाँकन गरेका हुन भने बिकाश दाहालले सम्पादन गरेका छन् । डान्सिङ शैलीका गीतले राम्रो बजार पाईरहेको अवस्थामा सोही शैलीलाई 'कर्के नजर'को भिडियोमा केही फरक तरिकाले प्रस्तुत गर्न खोजिएको छ ।

भिडियो हेर्नुहोस्
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्