शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • ज्ञादीमा मेगा बैंकको शाखारहित बैंकिङ सेवा, १० लाखसम्म कर्जा दिइने

ज्ञादीमा मेगा बैंकको शाखारहित बैंकिङ सेवा, १० लाखसम्म कर्जा दिइने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौँ–मेगा बैंक नेपाल लिमिटेडले पर्वत जिल्लाको कुश्मा नगरपालिकाको ज्ञादीमा शाखारहित बैंकिङ सेवा शुरुवात गरेको छ ।

कुश्मा नगरपालिका वडा नम्बर ९ ज्ञादीस्थित साइकलचोकमा कुश्मा नगरपालिकाका वडा अध्यक्ष कृष्णप्रसाद लामिछाने र मेगा बैंक कुश्मा शाखाका प्रबन्धक उमाकान्त तिवारीले संयुक्त रुपमा शाखारहित बैंकिङ सेवाको उद्घाटन गरेका छन् ।  

वडा अध्यक्ष लामिछानले पर्बत जिल्लामै रहेर पनि सुलभ बैकिङ्क सेवा उपयोग गर्नबाट बञ्चित कुश्मा नगरपालिकाका ज्ञादीका जनतालाई मेगा बैंकको शाखारहित बैंकिङ सेवाले सहज बनाउने बिश्वास व्यक्त गरे । 

बैंकका शाखा प्रबन्धक तिवारीले ग्रामीण क्षेत्रको आर्थिक अवस्थालाई उकास्न ज्ञादीमा शाखारहित बैंकिङ सेवा शुरु गरेको जानकारी दिए । 

बैंकले घरगाउँको खेतीयोग्य जग्गाहरु समेत धितो राखेर सहज तरिकाले १० लाख रुपैंयासम्म शाखारहित बैंकिङ सेवामार्फत मेगा सरल कर्जा लगानी गरिने उनको भनाइ छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्