शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • देउवाप्रति रामचन्द्रको गुनासो-नेतृत्वले नेविसंघ महाधिवेशन चाहेन

देउवाप्रति रामचन्द्रको गुनासो-नेतृत्वले नेविसंघ महाधिवेशन चाहेन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं-नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी नेतृत्वको कमजोरीका कारण पार्टी कमजोर बन्दै गएको बताएका छन् । पार्टीको प्रभावशाली भ्रातृ संस्था नेपाल बिद्यार्थी संघ (नेविसंघ)लाई पनि नेतृत्वले नै कमजोर बनाएको पौडेलको आरोप छ । 

१० दिने युरोपियन मुलुकको भ्रमण सकेर बिहीबार नेपाल फर्किपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दे नेता पौडेलले भने ‘ नेविसंघले स्कूल (माध्यमिक विद्यालय) र क्याम्पसको प्रतिनिधि टुंग्याइएको छैन भन्ने सुनें। पार्टीको नेतृत्वले त्यस्तो गर्न खोजेर संगठनलाई कमजोर बनायो।’

पार्टीले सहमहामन्त्री डा. प्रकाशशरण महतको संयोजकतत्वमा गठित समन्वय समितिले समेत नेविसंघको महाधिवेशन गर्न भूमिका नखेलेको भन्दै नेता पौडेलले यसले विद्यार्थीहरुलाई अप्ठ्यारो पारेको बताए। नेविसंघले अधिवेशनको लागि प्रतिनिधि नै नट्ुग्याको घटना महाअधिवेशन टार्ने र तदर्थबादमा संगठन चलाउने नेतृत्व प्रबृत्तिको उपज भएको आरोप लगाए।

‘नेतृत्वको कमजोरीले नेविसंघको भविष्यलाई प्रश्नचिन्ह खडा गरेको छ। यसले पार्टीलाई कमजोर बनाउने काम गर्दैछ’ पौडेलले भने ‘देशको शान्ति सुरक्षा कमजोर बनाउने सरकार र पार्टी तथा भ्रात संस्थालाई कमजोरी बनाउने पार्टी नेतृत्व अब सच्चिनु पर्छ।’

नेता पौडेलले पार्टीको बिधान मस्यौदाको सुझाव लिइसकेपछि केन्द्रीय कार्य समितिको बैठक बोलाई अनुशासन समिति र केन्द्रीय कार्य सम्पादन समिति गठनको बिषयमा छलफल हुने बताए। 

विदेशस्थित नेपाली कांग्रेस निकट नेपाली जनसम्पर्क समितिको अधिकार र प्रतिनिधित्व पार्टीले सुनिश्चत गर्नुपर्ने पक्षमा आफू रहेको पनि पौडेलले बताए। उनले जनसम्पर्क समितिको भूमिकालाई कमजोर बनाएर बिधान संशोधन गर्नु हुन्न भन्ने पक्षमा आफू रहेको स्पष्ट पारे । 

‘जनसम्पर्क समितिको भूमिकालाई कमजोर बनाउन हुँदैन। उनीहरुको भूमिका फराकिलो हुनु् पर्छ’, पौडेलले भने, ‘उनीहरुको प्रतिनिधित्व फराकिलो बनाउनु पर्छ।’
 
निर्मला हत्याको प्रतिबेदन भित्रभित्रै गुम्स्याइयो 

नेता पौडेलले कञ्चनपुरमा बलात्कारपछि हत्या भएको निर्मला हत्याकाण्डको प्रतिवेदन बाहिर नल्याएर सरकारले भित्र भित्रै गुम्स्याएको आरोप लगाए । ‘छानबिनलाई किन सरकारले गुम्स्याएर राख्यो? दोषीलाई कारबाही गर्नेतर्फ किन गम्भिरता देखाइएन’ पौडेलले भने ‘पहिलेदेखि नै बुढीगण्डाकी जनलविद्युत आयोजनाको अपारदर्शी  काम गर्नु आपत्तिजनक छ।’

पौडेलले मुलुकमा ठूला ठूला भ्रष्टाचार भएको र पछिल्लो पटक ‘वाइड बडी जहाज’ खरिद प्रकरणमा भएको भ्रष्टाचारको बिषयमा समेत सरकार गम्भिर नभएको उनले बताए। ‘सरकारको इमान्दारिता माथि नै प्रश्न उठेको छ’,उनले भने ‘सरकारले किन भ्रष्टाचार नियन्त्रण गर्न नलागेको हो।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।