बिहीबार, वैशाख १३, २०८१

महाधिवेशनको चिन्ता गर्ने र विकल्प दिने जिम्मा देउवाकै हो : गगन थापा

'पार्टी सभापतिले भदौ १६ मा महाधिवेशन हुन्छ भनेर भन्नुभएको छ। अब महाधिवेशनको चिन्ता गर्ने जिम्मा उहाँकै हो। विकल्प दिने हो भने पनि जिम्मा पनि उहाँकै हो। हामीले चिन्ता गर्न पर्दैन,' जिल्ला सभापति भेलामा थापाले भने।
 |  मंगलबार, साउन २६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २६, २०७८

काठमाडौं- नेपाली कांग्रेसका नेता गगन थापाले तोकिएको समयमा कांग्रेस महाधिवेशन गर्ने मुख्य दायित्व प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाकै भएको बताएका छन्। नेपाली कांग्रेस संस्थापन इतर पक्षका जिल्ला सभापतिहरूको भेलामा बोल्दै नेता थापाले यस्तो बताएका हुन्। 

triton college

'पार्टी सभापतिले भदौ १६ मा महाधिवेशन हुन्छ भनेर भन्नुभएको छ। अब महाधिवेशनको चिन्ता गर्ने जिम्मा उहाँकै हो। विकल्प दिने हो भने पनि जिम्मा पनि उहाँकै हो। हामीले चिन्ता गर्न पर्दैन,' जिल्ला सभापति भेलामा थापाले भने। 

सभापति भेलाले पार्टीको आसन्न महाधिवेशन, कोरोना महामारीलगायतका विषयमा चारबुँदे निष्कर्षसमेत निकालेको छ। नुवाकोट कांग्रेस सभापति जगदीश्वरनरसिंह केसीका अनुसार चार क्रियाशील सदस्यताको विवाद तत्काल टुंग्याउनुपर्ने र टुंगो लाग्न नसके अर्को महाधिवेशनका लागि थाती राख्नुपर्ने निष्कर्ष भेलाको छ। यद्यपि भेलामा नेताहरूले बोल्ने क्रम जारी छ।  

यी हुन् चार निष्कर्ष

१. क्रियाशील सदस्यता चाँडो टुंगो लगाउने, नयाँ कार्यतालिका ल्याएर  भ्याउने अवस्था रहे नियमित महाधिवेशन 

corrent noodles
Metro Mart

२. नियमित महाधिवेशन हुन नसके ०१४ नजिर र पार्टीको विधानमा टेकेर विशेष महाधिवेशन 

३. विद्यार्थी र शिक्षकलाई अविलम्ब खोप र पठनपाठन सञ्चालन गर्न माग

४. सबै खालका भ्रष्टाचार र भ्रष्टाचारका काण्ड छानबिन गर्न पूर्वप्रधानन्यायाधीको संयोजकत्वमा स्वतन्त्र छानबिन आयोग गठन गर्न माग 

प्रकाशित: Aug 10, 2021| 17:53 मंगलबार, साउन २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...