शनिबार, वैशाख ८, २०८१

कसरी गरियो १० वर्षीया श्रीयाको हत्या?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
पोखरा- पोखरा महानगरपालिका-२२ छहरा कोदीस्थित मामाघरमा बसेर कक्षा ३ मा पढ्दै गरेकी १० वर्षीया बालिका श्रीया विक मंगलबार नजिकैको झाडीमा मृत फेला परिन्। 

मामा कृष्ण सुनारको घरमा बसेर नजिकैको लीला आधारभूत निमाविमा अध्ययनरत श्रीया पसलमा बिस्कुट किन्न निस्कने क्रममा हराएकी थिइन। सोमबार साँझ हराएकी उनी मंगलबार बिहान मृत फेला परेकी थिइन्। घटनाको प्रकृति हेर्दा उनको हत्या भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार श्रीयालाई स्थानीय २७ वर्षीय कुसुम पौडेलले ललाइफकाइ गरेर लगेको र बलात्कारपछि हत्या गरेको खुलेको छ। 

बलात्कारपछि उनको ढुंगा प्रहार गरी हत्या गरिएको प्रहरीको जनाएको छ। घटनामा संलग्न पौडेल दैनिक मजदूरी गर्ने व्यक्ति हुन्।
 
उनले सोमबार दिउँसो स्थानीय हेमबहादुरको भट्टिमा रक्सी पिएर नजिकैको पसलमा चुरोट किन्न निस्कँदै गर्दा श्रेया पनि बिस्कुट किन्न सोही पसलमा पुगेकी थिइन्। नसामा लठ्ठिएका पौडेलले श्रीया मामाघरबाट एक्लै पसलतर्फ आउँदै गरेको देखेपछि पिछा गरेको बयान दिएको प्रहरीले जनाएको छ। 

करिब ७० मिटर पर पुगेपछि श्रेयालाई भेटेका कुसमले उनलाई चक्लेट किन्न पाँच रुपैयाँ दिएका थिए। फेरि केहीअघि पुगेपछि १० रुपयाँ दिई जबरजस्ती बलात्कार गर्न खोज्दा बालिकाले प्रतिकार गरेपछि उनलार्इ झाडीमा फ्याँकेको बयान दिएका छन्।  झाडीमा पुगेर पौडेलले बालिकाको बलात्कार गर्न खोज्दा चिच्याएपछि घाँटी थिचेको र बेहोश भएपछि अनुहार तथा टाउकोमा ढुंगा प्रहार गरी हत्या गरेको कास्की प्रहरीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। पौडेलले अपराध स्वीकार गरेको कास्की प्रहरीको विज्ञप्तीमा उल्लेख छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।