बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • निर्मला हत्या प्रकरण: 'प्रमाण मेटाउन ब्याक डेटमा ल्याप्चे'

निर्मला हत्या प्रकरण: 'प्रमाण मेटाउन ब्याक डेटमा ल्याप्चे'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- गृहमन्त्री रामबहादुर थापा बादलले भनेकै समयमा कुनै पनि घटनाका दोषी भनेकै मितिमा पत्ता लगाउन गृह मन्त्रालय र प्रहरी ज्योतिष नभएको बताएका छन्। 

राज्य व्यवस्था र सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री थापाले निर्मलाको बलात्‍कारपछि हत्या भएको घटनाका बारेमा गहन अनुसन्धान भएको बताउँदै उनले यस्तो बताएका हुन्। 

उनले भने, 'निर्मला पन्तको बलात्‍कारपछिको हत्याका दोषीहरु कहिले पत्ता लाग्छन् भन्ने मिति र समय तोक्न सकिँदैन। त्यो हामीले भन्ने विषय पनि होइन।' 

गृहमन्त्री थापाले बैठकमा प्रहरीले अनुसन्धानका क्रममा गल्ती गरेको स्वीकारेका छन्। उनले भने, ''११ गते मुचुल्का उठाइएको छ। जसमा बुवाको औठा छापसमेत छ। बुवा १२ गते मात्र भारतबाट आएका हुन्। निर्मलाले लगाएका लुगासमेत खोलेर जलाइएको भेटियो। अनुसन्धानमा प्रहरीले मनपरी गरेको छ।'

यसबाट नै प्रहरीले प्रमाण नष्ट गर्न कतिसम्म भूमिका खेलेको भन्‍ने प्रस्ट हुन्छ। 

गृहमन्त्रालयले सहसचिव हरी मैनालीको संयोजकत्वमा गत भदौ ७ गते घटनाको विषयमा छानविन पाँच सदस्यी समिति गठन गरेको थियो। समितिले मंगलबार गृहमन्त्रीलाई प्रतिवेदन बुझाइसकेको छ। 

बलात्‍कार गर्ने दोषीलार्इ सजायस्वरूप नपुंसक बनाउने रचनात्क सोचसमेत भएको बताए। गृहमन्त्री रामबहादुर थापा बादलले महिलालाई भोगविलासको साधनका रूपमा व्याख्या गरिएकाले पनि पछिल्लो समय बलात्कारका घटना बढेको बताएका छन्।

संसदको राज्य व्यवस्थाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री थापाले भने, ‘सांस्कृतिक चेतना, आर्थिक, सामाजिक, पुँजीवादी र सामन्तवादी आधारहरूले महिलालाई भोगविलासको साधन बनाएकाले बलात्कारका घटना बढेका छन्।’ 

कञ्‍चनपुर घटना प्रायोजित नभएको उनले बताए । मन्त्री थापाले भने, 'यस घटनालार्इ राजनीतिकरण गर्न खोजेको देखिन्छ। मृतक निर्मलाको सबै लुगाहरू गायब पार्ने र १२ साउनमा नेपाल आएका निर्मलाका बुवालार्इ ११ साउनमै शवको मुचुल्का गर्दा कसरी ल्याप्चे लगाइयो। यो नै शंकास्पद छ।' 

घटनाको सत्यतथ्य बाहिर ल्याउन घटनाको अनुसन्धानका लागि प्रहरीको चार वटा टोली खटाइएको बताए। 

कञ्‍चनपुरको भीमदत्तनगरमा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्‍कारपछि हत्या भएको दुर्इ महिना पुगेको छ। अझैसम्म दोषी पत्ता लाग्‍न सकेका छैनन्। गृह मन्त्रालयले गठन गरेको छानविन समितिले मंगलबार प्रतिवेदन बुझाइसकेको छ। 

हत्याको अनुसन्धानमा त्रुटि गरेको बताउँदै अनुसन्धानमा संलग्न ६ प्रहरी अधिकृतलार्इ निलम्बन गरिसकिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।