काठमाडौं-भुटानमा आयोजना हुने यु-१८ महिला साफ च्याम्पियनसिपमा सहभागि हुने नेपाली महिला टोलीलाई बिदाई गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले भुटान जान लागेको टोलीलाई बुधबार विदाई गरेको हो । आफ्नो चुनौती प्रस्तुत गर्न टोली बुधबारनै भुटान प्रस्तुत गर्ने भएको छ ।
शुक्रबारदेखि सुरु हुने उक्त च्याम्पियनसिपमा नेपाल समूह बीमा रहेको छ । समूह बीमा नेपालसँगै पाकिस्तान र बंगलादेशसँग रहेको छ । शुक्रबार पाकिस्तानसँग खेल्दै नेपाली टोलीले साफको यात्रा सुरु गर्नेछ ।
नेपालले बंगलादेशसँग अक्टुबर २ मा प्रतिस्पर्धा गर्नेछ । अर्को समूहमा भुटान, माल्दिभ्स र भारत छन् । राउन्ड रोविन लिगपछि समूहका शीर्ष २ टोली अन्तिम चारमा प्रवेश गर्ने छन् ।
एन्फाको कार्यवहाक अध्यक्ष वीरबहादुर खड्का, सांसद निरु पाल, उपाध्यक्ष पंकज बिक्रम नेम्बाङ, महिला कमिटिका अध्यक्ष वृन्दा देवान, ओलम्पियन संगीना बैद्य लगायतले विदाई गरे ।
नेपाली टोली बुधबार नै भुटान जानेछ । खेलाडीहरुमा गोलकिपर अन्जना राना मगर, उषा नाथ, कविता राई, डिफेन्डरमा पुजा रानामरगर, निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समिक्षा घिमिरे, विमला विक, कोपिला धिमाल र पुनम फरसवान रहेका छन् ।
त्यस्तै मिडफिल्डमा सरु लिम्बु, मन्जली कुमारी योन्जन, शुभद्रा खड्का, अस्मिता बैद्य, मनिषा राउत,सुहानी कुसुवार, सृजना सिंह ठकुरी र सम्झना लावती तथा फरवार्डमा सम्झना शर्मा, एलिसा जाम्बा, रश्मी कुमारी घिसिङ र रेखा पौडेल रहेका छन् ।
प्रशिक्षकमा हरि ओम श्रेष्ठ, सहायक प्रशिक्षकमा प्रकाश बैद्य र गोलकिपर प्रशिक्षकमा अष्मिता खवास रहेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४