शुक्रबार, वैशाख १४, २०८१

विधान पारित नहुँदै नेविसंघको अधिवेशन शुरु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको प्रभावशाली भातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) को विधान पार्टीबाट अनुमोदन नहुँदै माध्यमिक विद्यालय र क्याम्पस इकाई अधिवेशन सम्पन्न भएका छन्।

पार्टी केन्द्रीय कार्य समितिको बैठक २८ भदौमा बस्ने भनी बोलाएर पनि सूचनाविना स्थागित भएपछि नेविसंघको बिधान अनुमोदन भएको थिएन्। महाधिवेशनको लागि तयारी गर्न पार्टीले सहमहामन्त्री डा प्रकाशशरण महतलाई जिम्मावारी दिए पनि अस्तव्यस्त र लथालिंग स्थितिका माझ अधिवेशन शुरु हुने भएको छ। 

नेविसंघको १२ औं महाधिवेशनको लागि केन्द्रीय समितिले पारित गरी पार्टीमा बुझाएको विधान अनुमोदन नहुँदा संगठनको सदस्य बन्न ३२ वर्षे उमेर हद लगाउने वा नलगाउने भन्ने विषयलाई लिएर विवाद र अन्योल कायम छ। ११ औं महाधिवेशनले आगामी महाधिवेशनमा संगठनमा ३२ वर्ष उमेर कटेकाले सदस्य बन्न नपाउने प्रावधान राखेको थियो।

नेविसंघको वर्तमान केन्द्रीय समितिका सदस्यहरुले ३२ वर्षे उमेर हद हटाउनु पर्ने राय बमोजिम विधानमा ३२ वर्षे उमेरहद हटाउने निर्णय गरी पार्टीमा अनुमोदनका लागि पठाइएको थियो। ७-१० असोजमा सबै माध्यमिक विद्यालय र क्याम्पस इकाईको अधिवेशन गरिसक्ने कार्यसूची प्रकाशित गरेको थियो।

मावि र क्याम्पस इकाईको अधिवेशन ५० प्रतिशतभन्दा बढी स्थानमा भईसकेको नेविंघ अध्यक्ष महरले बताए। उनले विवादस्पद जिल्लाको हकमा भने पछि निर्णय गरिने बताए। मावि र क्याम्पसमा अधिवेशन शुरु भए पनि केन्द्रीय प्रतिनिधि भने अझै पठाइएको छैन।

दुई साता अघि नेविसंघको केन्द्रीय समितिको बैठकमा जिल्ला प्रतिनिधिहरु क-कसलाई खटाउने भन्ने विषयमा सहमति भएको थियो। तर नेविसंघ अध्यक्ष नैनसिंह महरले विवाद भएका जिल्ला बाहेक धेरै जिल्लाको मावि र क्याम्पसमा अधिवेशन भएको दाबी गरे। उनले बुधबारसम्ममा सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइने बताए।

स्रोतका अनुसार नेविसंघमा ३२ बर्षे उमेर हद लगाउनु पर्ने पक्षमा रहेका सहमहामन्त्री डा प्रकाशशरण महतले नेविसंघ अध्यक्ष महरलाई विधान अनुमोदन नभएसम्म अधिवेशनका प्रकृया तीन महिनापछि धकेल्न दबाब दिएका छन्। डा महत यसअघि नेविसंघबाट ३२ बर्षे उमेरहद हटाउने निर्णयबाट अध्यक्ष महरसँग रुष्ट बनेका थिए।

दक्षिण कोरियाको भ्रमण पुरा गरी मंगलबार नेपाल फर्किएका महतले आफूसँग सल्लाह गरेर मात्र केन्द्रीय प्रतिनिधि पठाउन दबाब दिएका छन्। महरलाई नेविसंघका पूर्वअध्यक्ष एनपी साउँदले नेविसंघमा केन्द्रीय प्रतिनिधिको संख्या घटाएर एक हजारमा झार्न वा उमेर हद ३२ बनाउन दबाब दिएका छन्।

पार्टी केन्द्रीय सदस्य तथा नेविसंघका पूर्वअध्यक्ष किशोरसिंह राठौरले समेत उमेरहद ३२ बर्ष कामय राख्ने र ३२ बर्षे उमेरहद राख्नेमध्ये एक विकल्पमा सहमति जुटाउन महरलाई दबाब दिएका छन्। 

चौतर्फी दबाब खेपीरहेका महरले मावि र कलेजस्तरमा भएका अधिवेशनलाई मान्यता दिन मात्र केन्द्रीय प्रतिनिधिको जरुरी रहेको भन्दै बुधबार सबै जिल्लामा केन्द्रीय प्रतिनिधि पठाउने जानकारी दिए। महरले बिबाद नभएका जिल्लामा पार्टी जिल्ला सभापतिको संयोजनमा अधिवेशन हुने जनाए।

‘दुई बर्षअघि भएको ११ औं महाधिवेशनमा २२ जिल्ला अध्यक्ष खाली थिए। ति जिल्लाको अधिवेशन महाधिवेशन भएको तीन महिनाभित्र गरिसक्ने भनिए पनि हालसम्म गरिएन’ केन्द्रीय सदस्य शुसील भट्टले नेपाल समयसँग भने, ‘जिल्ला अध्यक्षबाट राजिनामा दिएर केन्द्रीय समितिमा उम्मेदवार बनेका वा पदमा पुगेपछि करिव १५ जिल्लामा अध्यक्ष खाली छ।’

भट्टकाअनुसार जिल्ला सभापति खाली भएका करिव ३२ जिल्ला र विवाद भएका जिल्लामा केन्द्रीय प्रतिनिधि पठाउन नसक्दा अन्योलकाबीचमा करिव ३० प्रतिशत मावि र क्याम्पस इकाइको मात्र अधिवेशन भएको छ। धेरै जसो जिल्ला सभपातिहरुले केन्द्रीय महाधिवेशन हुने टुंगो नलागेको भन्दै अधिवेशनमा रुचि देखाएका छैनन्।

कांग्रेसका शीर्ष र प्रभावशाली नेताहरुको चासो र सरोकार राख्ने नेविसंघको महाधिवेशनमा संस्थापन पक्ष, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला पक्षका विद्यार्थीबीच प्रतिष्पर्धा देखिन्छ। नेविसंघको महाधिवेशनमा करिब दुई हजार तीन सय केन्द्रीय प्रतिनिधि हुने देखिन्छ। अघिल्लो महाधिवेशनमा तीन हजार ९ सय प्रतिनिधि थिए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।