बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • दशैंको मुखमा नेप्सेमा उछाल, २२.३७ अंक बढ्दा कारोबार अर्ब नाघ्यो 

दशैंको मुखमा नेप्सेमा उछाल, २२.३७ अंक बढ्दा कारोबार अर्ब नाघ्यो 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं–दशैंको मुखमा नेप्से बजारमा उछाल आएको छ । नेपाल स्टक परिसूचक(नेप्से) २२.३७ अंक बढ्दा कारोबार एक अर्ब रुपैयाँ नाघेको छ । शेयर बजारमा आएका सबै समूहहरुको परिसूचक बढ्दा समग्र नेप्से बजार बढेको हो । 

मंगलबार नेप्से परिसूचक २२.३७ अंक बढेर एक हजार २८०.०५ विन्दुमा पुगेको छ । 

१७३ कम्पनीको ९ हजार ७३० कारोबारबाट ४२ लाख ४२ हजार ६३३ शेयर खरिद बिक्रीबाट एक अर्ब ८ करोड १० लाख ६६ हजार २२२ रुपैयाँको कारोबार भएको छ । 

‘क’ बर्गको सेन्सेटीभ इन्डेक्स समेत ५.३१ अंक बढेर २७२.२२ विन्दुमा पुगेको छ ।


ननलाईफ इन्स्योरेन्स समूहको परिसूचक सबैभन्दा बढ्यो

नेप्से बजारमा आएका समूहरुरु मध्ये सबैभन्दा बढी ननलाईफ इस्योरेन्स समूहको परिसूचक सबैभन्दा बढि बढेको छ । उक्त समूहको परिसूचक ६४.६५ अंक बढेर ६ हजार २५.५७ विन्दुमा पुगेको छ ।

त्यसपछि विकास बैंक समूहको परिसूचक ३७.८२, लाईफ इस्योरेन्स समूहको परिसूचक ३७.३६, बैंकीङ समूहको परिसूचक २९.५२ अंक बढेको छ ।

त्यस्तै व्यापार समूहको परिसूचक २.७९, होटल समूहको परिसूचक २२.७८, हाइड्रोपावर समूहको परिसूचक ७.३४, फाइनान्स समूहको परिसूचक ५.५९, उत्पादनमुलक समूहको परिसूचक १०.९४ र माइक्रोफाइनान्स समूहको परिसूचाक १०.४४ अंक बढेको छ ।

यद्यपि अन्य समूहको परिसूचक १.९४ अंक घटेको छ । नेप्से बजारमा आएका ११ समूहहरुमा एक समूहबाहेक सबै समूहको परिसूचक बढेको हो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्