बिहीबार, वैशाख ६, २०८१
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश १ को  विराटनगर र पशुपतिनगरबाट पनि अन अराइभल भिसा पाइने

प्रदेश १ को  विराटनगर र पशुपतिनगरबाट पनि अन अराइभल भिसा पाइने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
इटहरी- एकमात्रै अध्यागमन कार्यालय भएको प्रदेश १ मा अब थप दुइ वटा अध्यागमन कार्यालयहरु स्थापना भएका छन्। इलामको पशुपतिनगर र मोरङको विराटनगरमा अध्यागमन कार्यालय खोल्ने निर्णय भएको छ। यो सँगै अब पशुपतिनगर र विराटनगरमा पनि भारत बाहेकका नागरिकहरुले अनअराइभल भिसा पाउने भएका छन्।
 
यस अघि काकरभित्ताबाट मात्रै तेश्रो देशका पर्यटकहरुले अन अराईभल भिसा पाउँदै आएका थिए। अनअराइभल भिसा भनेको पासपोर्टधारी पर्यटकहरुले सिधैं आएर भिजाको छाप लाउने पद्धती हो। जस अनुसार अब दार्जिलिङ घुम्न आएका युरोपेली पर्यटक पशपतिनगरमा भिजा लाएर नेपाल प्रवेश गर्न पाउँछन भने जोगबनीमा आएकाले विराटनगरमा भिजा लाएर नेपाल आउन पाँउछन्।  

असोजपछि कार्यालय संचालन हुन्छनः पर्यटन मन्त्री कुसियेत

प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिश प्रसाद कुसियेतले नयाँ अध्यागमन कार्यालय बनेपछि विदेशी पर्यटकहरु आउन थप सजिलो हुने बताए। उनले भने, ‘मैले सपथ खाएको दोस्रोदेखि नै विराटनगरमा अध्यागमन कार्यालय हुनुपर्ने बताएको थिए। आइतबार यस बारेमा निर्णय नै भएको छ।’ 

यहि असोज भित्र अध्यागमन कार्यालय संचालनको तयारीमा अध्यागमन विभागको तयारी भएको महानिर्देशक ईश्वरराज पौडेलसँग कुराकानी भएको मन्त्री कुसियेतले बताए। कर्णाली प्रदेशको हिल्सा सहित प्रदेश १ का दुइ स्थानमा अध्यागमन कार्यालय राख्न केहि समय अगाडि भएको सातै प्रदेशमा पर्यटन मन्त्रीहरुको भेलामा आफूले कुरा उठाएको मन्त्री कुसियेतले बताए। 

कार्यालयमा शाखा अधिकृतको कमाण्डमा ७ कर्मचारी

मन्त्री कुसियेतले अध्यागमन कार्यालयमा शाखा अधिकृतको कमान्डमा ७ कर्मचारीहरु हुनेछन्। जसमा दुइ जना नायब सुब्बा, एक जना कम्प्युटर सहायक, एक जना कार्यालय सहयोगी, एक जना खरिदार, एक जना खरिदार र एक जना सहलेखापाल हुनेछन।
 
प्रदेशमा थप  पर्यटक तान्न अपरिहार्य निर्णयः पर्यटनकर्मी

प्रदेश सरकार र संघिय गृहमन्त्रालयको सहकार्यमा प्रदेश १ का पशुपतिनगर र विराटनगरमा अध्यागम कार्यालय खोलेपछि प्रदेश १ को पर्यटकीय चहलपहल बढ्ने पर्यटनकर्मिले बताएका छन्। 

धरानको सेछ ट्राभलिङका संचालक तथा विराटनगर र पशुपतिनगरमा अध्यागमन कार्यालय खोल्ने प्रस्ताब धेरै समय अगाडि गरेका पर्यटन व्यवशायी बरालले भने, ‘अब प्रदेश १ पर्यटक मैत्री भएको छ।’ बिहार आउने पर्यटकहरु विराटनगरबाट र सिक्किम तथा दार्जिलिङको हिल स्टेसन घुम्नेहरु पशुपतिनगरबाट प्रदेशमा आउन सहज भएको बरालले बताए। 

बराल जस्तै भनाइ छ प्रदेश १ का पर्यटनकर्मि तथा पर्यटन विषयमै स्नातकोत्तर गरेको पर्यटन व्यवशायी सुनिल भुषालको  । ‘अब प्रदेश १ छिर्ने तीन वटा अन्तराष्ट्रिय पर्यटकिय नाकाहरु बनेका छन’, भुषाल भन्छन, ‘अब राज्यको काम भनेको  प्रदेशका सबै मुख्य पर्यटकिय केन्द्रसम्म पुग्ने सहज बाटो र अन्य पुर्वाधार हो । बाँकि काम त निजी क्षेत्र आफैले गर्छ।’ 

यस्तो छ नेपालको अन अराइभल भिजा शुल्क

नेपालमा अन अराइभल भिसा शुल्क पर्यटकहरुको नेपाल बसाइको आधारमा तय गरिएको छ। काकारभित्तामा रहेको अध्यागमन कार्यालयका नायब सुब्बा कृष्ण सिग्देलका अनुसार नेपाल प्रवेश गर्ने तेश्रो देशका पर्यटकहरुले फाल्टुफाल्टै दरले रमक तिर्नुपर्छ। 

 १५ दिने नेपाल बसाइको २५ अमेरिकन डलर तिर्नुपर्छ । ३० दिने बसाइको लागी ४० डलर र ९० दिने नेपाल बसाइको लागी १०० डलर लाग्छ । हाल चलेको विनिमय दरका अनुुसार १ अमेरिकि डलर बराबर ११६ दशमलब १२ नेपाली रुपैयाँ हुन आउँछ। 

सार्क राष्ट्रका नागरिकहरुको लागी भने नेपालभित्र ३० दिने अन अराइभल भिजा शुल्क लाग्दैन। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।