बिहीबार, वैशाख १३, २०८१

आजका अखबार : बुढीगण्डकी चीनलाई, नेकपामा गुटै गुट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमडौं- राजधानीबाट प्रकाशित सोमबारका अधिकांश राष्ट्रिय दैनिक अखबारहरुले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा फेरि चिनियाँ कम्पनीलाई दिएको विषयलाई मुख्य समाचार बनाएका छन् । 

आजको नयाँ पत्रिकाले 'बुढीगण्डकी फेरि चिनियाँ कम्पनीलाई' शीर्षकमा मुख्य समाचार छापेको छ भने कारोबार दैनिकले 'इपीसीएफ नीतिबिनै बूढीगण्डकी पुनः गेजुवालाई' शीर्षकमा खबर लेखेको छ । आजको नागरिक दैनिकमा भने 'बुढीगण्डकीमा प्रधानमन्त्रीको हस्तक्षेप' शीर्षकमा खबर प्रकाशित छ ।  

बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि सम्पूर्ण लगानी सरकारको, आम्दानी पनि सरकारकै हुनेगरि निर्माण अघि बढाउन लागिएको समाचारमा जनाइएको छ । लगानी जुटाएर निर्माण गर्ने जिम्मा मात्रै चिनियाँ कम्पनी चाइना गेजुवा गु्रपलाई दिइएको पत्रपत्रिकाले लेखेका छन् । नयाँ पत्रिकाले भने बुढीगण्डकी निर्माणका लागि सरकारले सात वर्षसम्म कसरी घुमाइरह्यो भन्ने विषयको नालिबेली उल्लेख गरेको छ । 

यस्तै आजका केहि दैनिक अखबारहरुले भने दशैँको मुखमा सरकारले गाडी भाडा बढाएको विषयलाई प्राथमिकताका साथ छापेका छन् । नागरिक दैनिकले दशैँको मुखमा सरकारले बढायो गाडीभाडा शीर्षकमा मुख्य समाचार छापेको छ भने कान्तिपुरले बढायो भाडा शीर्षकमा खबर लेखेको छ । 

यस्तै आजको कान्तिपुरले ठेकेदारलाई नै विकास समिति शीर्षकमा विशेष खबर छापेको छ । संसद्को विकास समितिमा पप्पु कन्स्ट्रक्सनका हरिनारायण रौनियार, लामा कन्स्ट्रक्सनका जिपछिरिङ लामा र हिमदुङ एन्ड ठोकर कम्पनीका बहादुर सिंह लामा परेको समाचारमा उल्लेख छ । 

आजको अन्नपूर्ण पोस्ट्ले भने नेकपाभित्र गुटैगुट शीर्षकमा मुख्य समाचार छापेको छ । उसले कसको गुटमा को को छन् भन्ने फेहरिस्ट पनि सार्वजनिक गरेको छ। 

दशैँकाे मुखमा सरकारले बढायो गाडीभाडा

आजको नागरिक दैनिकमा प्रकाशित खबरअनुसार सरकारले यातायात व्यवसायीसँग सौदाबाजी गरेर दसैंको मुखमा सवारीसाधनमा १० प्रतिशत भाडा बढाएको छ। 

सरकारले आफैंले खारेज गरेको भनेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसँग चारबुँदे सम्झौता गरी भाडा बढाएको हो। सरकारले केही महिनाअघि सिन्डिकेट अन्त्य भएको घोषणा गरी यातायात समितिहरु खारेज भएको जनाएको थियो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सिन्डिकेटधारी महासंघसँग भाडा बढाउने सम्झौता गरेपछि उपभोक्ता अधिकारकर्मीले यसको विरोध गरेका छन्। उनीहरुले भाडा वृद्धिको निर्णय तत्कालै फिर्ता लिन माग गरेका छन्। 

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिना सरकारले सिन्डिकेटधारी यातायात व्यवसायीसँग अस्वाभाविक सम्झौता गरेर १० प्रतिशत मूल्य वृद्धि गरेको बताए। उनले भाडा बढाउने निर्णय तत्कालै फिर्ता लिनुपर्ने माग गरे। 

नेकपाभित्रको गुटैगुट

आजको अन्नपूर्ण पोस्ट्मा प्रकाशित खबरअनुसार पार्टी निर्णयमा शीर्ष नेताकै असन्तुष्टि देखिनु नेकपामा नौलो कुरा हुन छाडेको छ।

वरिष्ठ नेता झलनाथ खनालको पार्टी एकता भएकै दिनदेखि वरियताको एजेन्डा उठाएको–उठायै छन्। प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी पदबाट राजीनामा नै दिनुपर्ने अवस्था आयो। उनको राजीनामा स्वीकृत हुने प्रक्रिया
उनी विदेशमा रहेका बेला यता सचिवालय बैठकले प्रदेशका पदाधिकारी र इन्चार्जको जिम्मेवारी बाँडेको छ। यो निर्णय प्रक्रियामा उनको प्रतिक्रिया सार्वजनिक भएको त छैन, तर उनी निकट नेताका असन्तुष्टि आउन थालेका छन्।

के नेकपाभित्र गुटबन्दी हाबी छ ? आइतबार बिहान नेकपा प्रवक्ता श्रेष्ठले हात्तिवनस्थित निवासमा पार्टीका युवा–विद्यार्थीका पदाधिकारीसँग त्यसको केही खुलासा गरे। नागरिक आन्दोलनका अगुवा देवेन्द्र्रराज पाण्डेले उनलाई सुनाएका अभिव्यक्तिको प्रसंग कोट्याउँदै उनले भने, ‘नेकपाभित्र गुटसम्म ठीकै थियो, तर गिरोह नै छ भनेर नागरिक अगुवा देवेन्द्रराज पाण्डेले मलाई सुनाउनुभयो, यदि त्यस्तो गिरोह छ भने त्यसले पार्टीलाई कहाँ पुर्‍याउला ? युवा–विद्यार्थीले चिन्ता गर्नुपर्ने बेला आएको छ।’

तोकिएका मिति र समयमा बैठक नबस्ने, एकता प्रक्रियाको कामले तीव्रता नपाउने जस्ता कारणमा उनले मुखै खोलेर ‘गुटको कारण’ त भनेनन् तर यसप्रति उनी असन्तुष्ट छन् भन्ने संकेत भने दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।