शनिबार, वैशाख ८, २०८१

बारामा एकको हत्या, धनुषामा हत्या प्रयास

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम- पछिल्लो केहि दिनयता प्रदेश २ मा अपराधको घटनामा वृद्धि भएको देखिएको छ । खास गरेर प्रदेश २ को धनुषा, सिरहा, बारा लगायतका जिल्लाहरुमा आपराधिक घटनाहरु वृद्धि भएको हो ।

आइतबार बारामा एक महिलाको घाटी रेटेर हत्या भएको छ । बाराको कलैया उपमहानगरपालिका–१३ बलिरामपुरकी ४५ वर्षीया सियापती धोबिन बैठाको घाटी रेटेर हत्या भएको हो । घर नजिकै आफ्नै खेतमा आइतबार बिहान सियापतिको शव घाटी रेटेर हत्या गरिएको अवस्थामा फेला परेको हो । सियापतिका श्रीमान् दुई वर्षदेखि परिवारबाट सम्पर्क बिहीन अवस्थामा रहेको बताइएको छ । 

शनिबार अपरान्ह घाँस काट्न गएकी सियापतीको शव २५ वर्षीय छोराले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । घरमा सियापती र उनका छोरा उमेश बैठा मात्रै बस्दै आएका छन् । आमा निस्केको केहि बेरपछि बाख्रा चराउन उमेश पनि निस्किएका थिए । आमा खेतबाट नफर्किएपछि उमेशले छिमेकीलाई खबर गरेका थिए ।

उमेशले खबर गरेपछि घटनास्थमा पुगेको प्रहरीले सियापतिको घाटीमा धारिलो हतियारले रेटेको अवस्थामा शव फेला पारेको प्रहरी नायव उपरीक्षक रन्जितसिंह राठौरले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

धनुषामा घाटी रेटेर हत्याको प्रयास

यता धनुषामा घाटी रेटेर एक युवकको हत्या गर्ने प्रयास भएको छ । अपरिचित व्यक्तिको आक्रमणमा परि धनुषाको धनुषाधाम नगरपालिका-१ मुंगराहा बस्ने ३० वर्षीय शिवकुमार दास अपरिचित व्यक्तिको आक्रमणमा परी गंभीर घाइते भएका छन् ।

अपरिचित व्यक्तिहरुले दासको रुद्र घाटीमा धारिलो हतियारले रेटेको प्रहरीले जनाएको छ । गएराति ३ बजेतर्फ दासमाथि आक्रम भएको इलाका प्रहरी कार्यालय धनुषाधामले जनाएको छ ।

ज्यामीको काम गर्दै आएका दास पछिल्लो ३/४ दिनदेखि घर बाहिर रहेको र गएराति अचानक घाइते अवस्थामा घर पुगेको परिवारका सदस्यलाई उदृत गर्दै प्रहरीले जनायो । प्रहरीले जनाए अनुसार दास कामको सिलसिलामा धनुषाधाम नगरपालिका-३ सिकियाही पुगेका थिए । दासमाथि कसले र कहाँ आक्रमण गरेको खुल्न नसकेको प्रहरीको भनाइ छ ।

खुनले लतपत भएर घाइते अवस्थामा घर पुगेको दासलाई परिवारका सदस्यले उपचारको लागि जनकपुर अञ्चल अस्पाल पुर्‍याएका थिए । तर, जनकपुरमा उपचार संभव हुन नसकेपछि दासलाई बाहिर रेफर गरिएको अस्पतालले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।