शनिबार, वैशाख ८, २०८१

के छापे आजका दैनिक अखबारहरुले ? 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- राजधानीबाट प्रकाशित आइतबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई मुख्य समाचार बनाएका छन् । 

कसैले बजार अराजक बन्दै जाँदा सरकार निरीह बनेको विषयलाई मुख्य समाचार बनाएका छन् भने कसैले नेपाली दुतावासबाटै मानव तस्करी हुने गरेको खुलासा गरेका छन् । 

आजको नयाँ पत्रिकाले अराजक बजार, निरीह सरकार शीर्षकमा मुख्य समाचार छापेको छ । खारेज भइसकेको सिन्डिकेटसँग वार्ता बसेर सरकारले दशैँको मुखमा भाडा बढाइएको छ भने यातायात समितिको बन्द गरिएका बैँक खाता पनि सुचारु गर्ने सहमती गरेर सरकारले निरीहता देखाएको नयाँ पत्रिकाले लेखेको छ ।

यस्तै ट्यांङकरबाट बाटैमा इन्धन निकाल्न नमिल्ने लकिङ सिस्टम आएपछि चालक आन्देलित बनेका छन् भने यहिबेला तेल लुकाएर पेट्रनोलपम्पले उपभोत्तालाई सास्ति दिएको समाचारमा उल्लेख छ  । 

यस्तै आजको नयाँ पत्रिका र अन्नपूर्ण पोस्ट्ले नेपाली कांग्रेसको प्रस्तावित विधानले सभापतिलाई झन बलियो बनाउने प्रावधान ल्याएको खबर लेखेका छन् । प्रस्तावित विधानअनुसार ९ मध्ये ७ पद अर्थात सभापति र महामन्त्री बाहेक सबै पदाधिकारीमा मनोनित हुने व्यवस्था गरिएको छ । प्रस्तावित विधानलाई देशब्यापी छलफलमा लग्ने तयारी भएको अन्नपूर्णले लेखेको छ । 

आजको अन्नपूर्णले दुतावासबाटै मानव तस्करी शीर्षकमा मुख्य समाचार छापेको छ । ठूलो खर्च गराएर नक्कली कागजातका आधारमा यूएई लाने धन्दामा नेपाली दुतावाससमेत सामेल भएको पाइएको खुसासा गरिएको छ । एक वर्ष यता मात्रै दुतावासबाट ५ सय ५० नेपाली ठगिएको, नक्कली रोजगार भिसा बनाएर ३ लाख रुपैयाँ लिने गरेको, नेपालमा बेग्लै र यूएईमा बेग्लै कागज लगाउने गरेको अन्नपूर्णले समाचारमा उल्लेख गरेको छ ।

यस्तै आजको नागरिक दैनिकले चीन जोड्ने सडकको डिपिआर संसोधनको तयारी भएको, निजामती विद्येयकमा असन्तुष्टि जनाउदै चसच्याए आन्दोलन गर्ने चेतावनी दिएको र ढुवानी नरोकिँदा  पनि तेल थाप्न लाम लाग्नु पर्ने अवस्था बनेको विषयलाई प्रथामिता साथ छापेको छ। 

राष्ट्रकवि माधवप्रसाद घिमिरे एकसय वर्ष पुगेको अवसरमार उनको तस्विर र कवितालाई  प्राथकिताकासाथ छापेको आजको कान्तिपुर दैनिकले पप्पुलाई फेरि नयाँ ठेक्का शीर्षकमा मुख्य समाचार छापेको छ। नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रिय भवन निर्माणका लागि टेन्डरमा सहभागी १२ कम्पनीमध्ये सबैभन्दा कम दररेट प्रस्ताव गर्ने पप्पु छानिने निश्चित भएको समाचारमा जनाइएको छ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।