काठमाडौं- राजधानीबाट शनिबार प्रकाशित पत्रपत्रिकाले विविध विषयलार्इ प्राथमपकता दिएर समाचार प्रकाशित गरेका छन्।
शनिबार प्रकाशित कान्तिपुर दैनिकले 'निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्न सक्छ कम क्षतिमै शिर्षकमा समाचार प्रकाशित गरेको छ।
त्यसैगरी अन्नपूर्ण पोष्टले बदनाम विश्वविद्यालय, चोरबाटोबाट प्रशासन कानुन शिर्षकमा मुख्य समाचार छापेको छ।
सबैजसो विश्वविद्यालयले सम्बन्धनमा बल गर्छन। किनकी सम्बन्धन सबैभन्दा कमाइ हुने काम हो। विस २०१६ मा स्थापना भएको त्रिभुवन विश्वविद्यालय पनि अहिले कमिसनको चक्करमा फस्दै गएको छ।
सरकारले संघीय नेपालको प्रशासन हाँक्ने मुख्य कानुन अध्यादेशमार्फत ल्याउने रणनीति बनाएको छ। केही प्रशासकको स्वार्थपूर्तिका लागि संसद् छलेर अध्यादेशमार्फत संघीय निजामती सेवा कानुन ल्याउन लागिएको अन्नपूर्ण पोस्टमा खबर छ।
लामो समयदेखि तयारी अवस्थामा रहेको संघीय निजामती सेवासम्बन्धी कानुन संसद् सकिएलगत्तै अध्यादेशमार्फत ल्याउन लागिएको हो। त्यसका लागि सरकारले बृहत् छलफल र संवादबिनै अध्यादेशबाट कानुन ल्याउने गृहकार्यलाई तीव्र पारेको छ।
निजामती सेवामा हाल रहेको ५८ वर्षलाई बढाएर ६० वर्ष बनाउने, सचिवहरूको क्लस्टरिङ हटाएर जुनसुकै मन्त्रालयमा पनि सरुवा हुन पाउने बनाउने, आफूअनुकूल सेवा समूह भत्काउने र बनाउन पाउने, कर्मचारी प्रशासनसम्बन्धी प्रदेश र स्थानीय तहका केही अधिकारसमेत खिच्ने गरी अध्यादेशको गृहकार्य थालिएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ।
त्यसैगरी नागरिक दैनिकले 'सामाजिक सञ्जालको जालोमा फस्दै किशोरकिशोरी' शिर्षकमा समाचार छापेको छ। काठमाडौंको एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत एक छात्रा सहपाठीसँग प्रेम सम्बन्धमा परिन्। उनीहरू मोबाइलबाट लुकिछिपी फेसबुकमार्फत अन्तरंग कुराकानी गर्न थाले। फेसबुक च्याटबाटै उनीहरूको सम्बन्ध गहिरिँदै गयो । छात्रले प्रेमिकालाई अन्तरंग दृश्य पठाउन बारम्बार अनुरोध गर्न थाले । ती छात्रा उनको अनुरोध स्वीकार्न थालिन्।
उनीहरूले एकापसमा फेसबुकबाट अश्लील कुराकानी तथा अन्तरंग दृश्य आदानप्रदान गर्न थाले । एक दिन ती छात्राका बुवाले छोरीको गतिविधि सबै थाहा पाए । त्यसपछि ती अभिभावक छाँगाबाट खसेजस्तै भए। त्यसको कारण थियो, १३ वर्षीया छोरीको ब्वाइफ्रेन्डसँगको अश्लील कुराकानी र तस्बिर सेयरिङ । उनले छोरीले चलाउने मोबाइल मात्रै खोसेनन्, विद्यालयसमेत परिवर्तन गरिदिए।
त्यसैगरी अंग्रेजी पत्रिका दी हिमालयन टायम्सले 'आजबाट इन्धन ढुवानी सहज हुने' (Fuel supply to ease from today) शिर्षकमा समाचार छापेको छ। मंगलबारदेखि अवरुद्ध भएको इन्धन ढुवानी सरकारसँगको आठ बुँदे सहमतिपश्चात शनिबारबाट शरु हुने अपेक्षा गरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४