मंगलबार, वैशाख ११, २०८१

पेट्रोलियम पदार्थ भित्रिन शुरु, कोटा प्रणाली हट्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- पेट्रोलियम पदार्थ भित्रिन शुरु भएको छ। आवश्यकता अनुसार राजधानी तथा राजधानीबाहिर पेट्रोलियम पदार्थ उपलब्ध भएसँगै सवारी चालक तथा यात्रुहरु सबैलाई सहजता मिल्ने भएको हो।  

नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका उपाध्यक्ष सुरेन्द्र श्रीवास्तवले रक्सौलबाट इन्धन लोड हुन शुरु भइसकेको बताए।

त्यस्तै नेपाल आयल निगमका क्षेत्रिय कार्यालय अमलेखगन्जका प्रमुख प्रदिप यादवले सय ट्यांकर बरौनीमा तयारी अवस्थामा रहेको बताए। साथै उनको अनुसार चार ट्यांकर पेट्रोल काठमाडौंमा पठाइएको छ भने पेट्रोल र डिजेलसहितको ट्यांकर राजधानीबाहिर मकवानपुर, धादिङ, वारा, पर्सा, नवलपरासी लगायत स्थानमा पठाइसकिएको छ। ‘१४ ट्यांकर रक्सौलबाट विरगन्ज हिड्नेक्रममा रहेको छ,’ उनले भने।

निगमका प्रवक्ता वीरेन्द्र गोईतले अनिश्चितकालीन हड्तालमा उत्रिएका यातायत मजदुर र सरकारबीच भएको आठ बुँदे सहमतीसँगै उनीहरु काममा फर्किएको र पेट्रोल आयात सहज बन्ने बताए।

‘पेट्रोल आयात सहज बनेसँगै शुक्रबार जारी गरिएको कोटा प्रणाली पनि स्वत हट्नेछ,’ उनले भने ‘हामीसँग स्टकमा समेत पर्याप्त इन्धन हुदाहुदै पनि उपभोक्ताको सहजतालाई ध्यानमा राखेर कोटा प्रणाली लागू गरेका थियौं ।’

पर्याप्त इन्धन भित्रिन शुरु गरेपछि इन्धन बजार सहज हुने उनले जानकारी गराए। उनकाअनुसार अहिले निगमसँग ६-७ दिन धान्न सकिने गरिको ४५ हजार किलोलिटर इन्धन स्टकमा छ। 

राजधानीमा पाँच सय किलोलिटर पेट्रोल र आठ सय किलोलिटर डिजल दैनिक भित्रिने गरेको छ। 

यातायात मजदुर २ असोजदेखि देशैभर अनिश्चितकालीन हड्तालमा उत्रेका थिए। त्यसबाट पेट्रोयिम इन्धन आयातमा अबरोध हुन गएको थियो।
 
उनीहरुले १ भदौबाट कार्यान्वयनमा ल्याइएको मुलुकी अपराध संहितामा आयात सम्बन्धी ऐनको दफा १६१ को उपदफा १ मा ज्यान मार्ने मनसाय दिई दुर्घटना भएको प्रमाणित भएमा चालकलाई ज्रन्मकैद हुने व्यवस्थाविरुद्ध आन्दोलन गरेका हुन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।