शनिबार, वैशाख ८, २०८१

'सार्वभौमिकतामाथि आँच पुर्‍याउनेलार्इ रोकियोस्'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं-  नेपालभित्र र नेपाल बाहिरबाट नेपालको सार्वभौमिकता र स्वाभिमानमाथि आँच पुग्ने किसिमका गतिविधि भइरहेकोप्रति विवेकशील साझा पार्टीको ध्यानाकर्षण भएको जनाएको छ। 

विवेकशील साझाले शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै दुई फरक प्रसंग र सन्दर्भमा नेपालको सार्वभौमिकता र स्वाभिमानमाथि आँच पुग्ने गतिविधिहरु देखिएका ध्यानाकर्षण भएको जनाएको हो। 

संविधान दिवसका दिन प्रदेश-२ मा एउटा समूहले मुलुकको भौगोलिक अखण्डता र राष्ट्रिय एकतामा ठाडो प्रहार हुने गरी गरेको भेला र भाषणको विवेकशील साझा पार्टीले भर्त्सना गरेको जनाएको छ। 

लोकतान्त्रिक देशमा संविधानसभामार्फत बनेको संविधानमा त्यति ठूलो संख्याको सहमति रहनु आफैंमा एउटा उदाहरण भएको जनाउँदै पार्टीले संविधानप्रतिको असन्तुष्टीलाई सबै दल र सरकारले सक्दो लचकताका साथ राजनीतिक हिसाबले संबोधन गर्न जरुरी भएको विज्ञप्तीमा उल्लेख गरेको छ। 

कुनै पनि आवरणमा मुलुकको भौगोलिक अखण्डता र राष्ट्रिय एकतामाथिको प्रहारलाई सरकारले लाचार भएर हेरी बस्नु आपत्तिजनक भएको पार्टीले जनाएको छ। त्यस्ता गतिविधिका अगुवालाई कडाईका साथ कानुनी दायरामा ल्याउन विवेकशील साझा पार्टी सरकारलाई आग्रह गर्ने समेत विवेकशीलले जनाएको छ।

त्यसैगरी, केही दिनअघि भारतीय सेना प्रमुख विपिन रावतले ‘भौगोलिक बाध्यता’ कारण नेपालले चाहेर पनि भारतबाट टाढा जान नसक्ने बताएका खबरहरू प्रकाशमा आएका उल्लेख गर्दै भूगोलकै कारण नेपाल चीनतर्फ ढल्किन नसक्ने दाबी समेत विवेकशीलले गरेको छ। 

'त्यस प्रकृतिका टिप्पणी विज्ञ र विश्लेषकबाट आउनु अस्वभाविक हुँदैन। तर ती टिप्पणीहरू साँचो हुन् भने एकजना सेनाप्रमुखबाट त्यस्तो अभिव्यक्ति आउनु गैर-कूटनीतिक र असोभनीय हुन्छ, जसका बारे देशका सत्तारूढ तथा प्रमूख विपक्षी दलहरू मौन छन्। नेपाल सरकारलाई सोबारेमा भारत सरकारसँग पत्राचार गर्न र भविष्यमा द्वीपक्षीय सम्वन्धमा आँच आउन सक्ने त्यस्ता गैरजिम्मेवार अभिव्यक्ति दोहोरिन नदिन आग्रह गर्न पनि हामी सरकारलाई अनुरोध गर्दछौं', विवेकशीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।