शनिबार, वैशाख ८, २०८१

काजकिरिया गरेको तीन वर्षपछि जीवितै भेटिए जीवन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
फाइल तस्बिर
 
पोखरा- झट्ट सुन्दा अचम्म लाग्न सक्छ, भूकम्पका कारण मरेको भनी आफन्तले काजकिरिया गरिसकेका अछामका जीवन बूढा पोखरामा भेटिएका छन्। अछामको विनायक पञ्चदेवल नगरपालिका-५ का १९ वर्षीय बूढा तीन वर्षअघि काठमाडौंमा रहेको अवस्थामा भूकम्पमा परेर मृत्यु भएको भनी काजकिरिया गरिएको थियो।

१२ वैशाख ०७२ सम्म उनी काठमाडौं कपनमा आफन्तसहित बस्दै आएका थिए। उक्त दिन भूकम्प आएपछि उनी सम्पर्कविहीन भएका थिए। भूकम्पछि अन्य चार जना सम्पर्कमा आए पनि उनी लामो समय सम्पर्कमा आएनन्। परिवारजनले उनको मृत्यु भएको हुनसक्ने ठानेर घरमा काजकिरिया गरेको उनका ठूलोबुवा हरि बूढाले जानकारी दिए। 

पोखरामा यातायात मजदूरका रूपमा काम गरिरहेको सूचना पाएर खोज्न आएका उनका ठूलो बुबाले भने, ‘पोखरा नयाँबजारस्थित पृथ्वी माइक्रोबस काउन्टरमा देखें तर मलाई देख्नासाथ उनी भागे।’ जीवन पोखरामा छन् भन्ने थाहा पाएसँगै हाल नेपालगञ्जमा बस्दै आएकी उनकी आमा जानकीले छोरा खोजेर ल्याउन बारम्बार आग्रह गरेपछि काठमाडौंबाट पोखरा आएको उनले बताए। जीवनका ठूलो बुवा हरि काठमाडौं जोरपाटीमा खाद्यान्नको थोक बिक्रीको कारोबार गर्छन्। 

उनका अनुसार छोरो हराएको पीरले ४० वर्षीया आमा जानकीको रक्तचाप बढेको छ भने निद्रा लगाउन नियमित औषधि सेवन गर्नुपरिररहको छ। उनका बाबु किशन बूढा रोजगारीका सिलसिलामा भारतमा बस्दै आएका छन्। जीवनको हालसम्म व्रतबन्ध भएको छैन। सोही कारण साना बालबच्चाको किरिया गर्ने विधिअनुसार उनको काजकिरिया गरिएको ठूलो बुवा हरिले बताए। 

जीवन भागे पनि उसलाई खोजेर घर लगिने फुपाजु नेत्र धामीले बताए। पोखरा माइक्रोबसमा 'सिटी भाइ'का उपनामबाट उनलार्इ चिनिन्छ। र, पोखरा-१४ चाउथेमा बस्दै आएका छन्। सबैको सहयोगमा लिएर आमा जानकीसँग उनलार्इ पुर्‍याउने धामीको धोको छ। 

नेपालगञ्जमा आमासँगै बस्दै आएका भाइ र बहिनी पनि दाजु जीवन आउने प्रतीक्षामा छन्। जीवनलाई भेटेर लिएर मात्र जाने अठोटका साथ उनका ठूलोबुवा हरि बूढा पोखरामा भतिजाको खोजीमा भौंतारिइरहेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।