मंगलबार, वैशाख ११, २०८१

पहिचान भएका हत्यारा अझै पक्राउ परेनन्

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम–महोत्तरीको औरही नगरपालिका–१ का सन्तोष चौधरीकी ८ महिने छोरी सोनालिका चौधरीको हत्या भएको एक महिना भयो । तर, उनको हत्यामा संलग्न पक्राउ परेका छैनन । यद्यपी हत्याराको भने पहिचान भइसकेको बताइएको छ ।

सीसीटीभी फुटेजमा सोनालिका अपहरण गर्ने व्यक्ति स्पष्ट रुपमा चिनिएका छन् । सोनालिकाको अपहरण गर्ने व्यक्तिको पहिचान तथा ठेगाना खुलिसक्दासमेत पक्राउ गर्न नसकेपछि प्रहरीको अनुसन्धानलाई पीडित परिवार तथा स्थानीयबासीले आशंकाको दृष्टिले हेर्न थालेका छन् । 

औरही बजारमा सन्तोषको किराना पसल छ । १० भदौमा सोनालिका आफ्नी आमासँगै थिइन् । त्यसैदिन साँझ पसलमा पुगेका एकजना व्यक्तिले खेलाउने बहानामा सोनालीलाई आफ्नो काँखमा लिए । र, खेलाउँदै त्यहाँबाट सोनालीलाई बाकेर निस्केको पसलकै सीसीटीभी फुटेजमा देखिन्छ । अपहरण भएको भोलीपल्ट ११ भदौमा सोनालीको शव गाउँभन्दा पूर्व एक खेतमा स्थानीयबासीले फेला पारेका थिए ।

सीसीटीभीमा देखिएका ती व्यक्ति महोत्तरी भंगहा सीतापुर–६ जमुनियाका २५ वर्षीय भरत साह हुन्् । सीसीटभीमा स्पष्ट चिनिने भरतलाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन् ।

सोनालिका अपहरण गर्ने व्यक्तिको पहिचान भइसक्दा पनि पक्राउ नपरेपछि प्रहरीमाथि प्रश्न उठि रहेकोबेला महोत्तरीका प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले भने आफूहरु इमान्दारीपूर्वक भरतको खोजी गरिरहेको बताउँछन् ।

‘भरतको गाउँसहित आसपासका सबै क्षेत्रमा प्रहरीले निगरानी बढाएको छ,’ नेपाल समयसँग कुरा गर्दै एसपी कार्कीले भने, ‘नेपाल मात्रै नभएर भारतीय प्रहरीकोसमेत निरन्तर सम्पर्कमा छौँ । तर, परिणाम हात लाग्न सकेको छैन् ।’

चोरी चकारी गर्ने पृष्ठभूमि रहेका भरत लागु औषध दुव्र्यसनीसमेत रहेको बताउँदै एसपी कार्कीले उनी छिट्टै प्रहरीको नियन्त्रणमा आउने विश्वास व्यक्त गरे । उनले भने, ‘प्रहरीले मात्र उसको खोजी गरेको छैन् । त्यहाँका स्थानीयहरुले पनि भरतको खोजी गरिरहेको छ । तर, सफलता अझै पाउन सकिएको छैन् ।’ 

एक ठाउँमा स्थिर भएर बस्ने भरतको बानी नरहेको कारण पनि पक्राउगर्न नसकिएको उनले बताए । ८ महिने बालिका सोनालिकाको अपहरणपछि हत्या गर्ने भरतनै रहेको र ढिलोचाँडो प्रहरीको नियन्त्रणमा आउने एसपी कार्की बताउँछन् ।

अपराधीको पहिचान भइसक्दा पनि पक्राउ नपर्नु दुखद रहेको सोनालिकाका बाबु सन्तोष बताउँछन् । सोनालिका फर्केर नआएपनि अपराधीलाई छोडे अरु छोरीहरु पनि असुरक्षित हुने भन्दै सन्तोषले दोषीलाई कडा कारबाही गर्न माग गरे ।

को हुन भरत ?

८ महिने बालिका सोनालिकाको अपहरणपछि हत्या गर्ने भरत वैदेशिक रोजगारका लागि खाडी मुलुक पुगेका थिए । तर, ५÷६ महिनामा त्यहाँबाट फर्किएका उनी चोरीसम्बन्धी घटनामा जेल परेको एसपी कार्कीले बताए । 

भरत लागुऔषध दुव्र्यसनी समेत हुन् । तीन दिन अगाडी उनी भिठ्ठामोडबाट लागुऔषध ट्याबलेट खरिद गरेको खुलेको छ । भरतको घरपरिवारमासमेत राम्रो सम्बन्ध नरहेको र घरबाट निकालिएको कार्कीले बताए । पटक पटक चोरीका घटनागर्न थालेपछि पछिल्लो पटक उनी गाउँबाटै निकालिएको प्रहरीको अनुसन्धानले देखाएको छ । 

आफ्नो मोबाइल नबोकेर चोरीको मोबाइल प्रयोग गर्ने उसको बानी रहेको एसपी कार्कीले बताए ।
 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।