शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • यात्रु रित्तो हात फर्किए : किन खोलिएन अग्रिम टिकट बुकिङ ? 

यात्रु रित्तो हात फर्किए : किन खोलिएन अग्रिम टिकट बुकिङ ? 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौ- पूर्व घोषणाबमोजिम शुक्रबारबाट अग्रिम टिकट बुकिङ नखुल्दा सर्वसाधरण मर्कामा परेका छन् । दशैँमा घर जानका लागि बिहानै टिकट लिन बसपार्क पुगेका सर्वसाधरणहरु रित्तो हात फर्किनु परेपछि निराश भएका हुन् । 

टिकट कहिले खुल्ने वा नखुल्ने भन्ने विषयमा अन्योल देखिएपछि सर्वसाधरणमा दशैँमा घर जान नपाइने होकी भन्ने त्रास देखिन थालेको छ । दशैँको मुखमा आएर यातायात ब्यबसायीले विभिन्न माग राख्दै अग्रिम टिकट बुकिङ नखोले पछि  सर्वसाधरणहरु अन्योलमा परेका छन् । 

यसअघि सरकार र यातायात व्यवसायीबीच असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुलाउने सहमति भएको थियो । यातायात व्यवस्था विभाग र यातायात व्यवसायीले लामो दूरीका सवारी साधनको आजदेखि टिकट बुकिङ खुला गर्ने भनेका कारण अग्रिम टिकट बुकिङका लागि यात्रुहरु नयाँ बसपार्क पुगेका थिए।

किन खोलिएन अग्रिम टिकट बुकिङ ?

पूर्वसहमति विपरित सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ खुला नगर्ने निर्णय गरेका हुन् । सरकारले सहमती गरेपछि आफैले सहमति लत्याउदै व्यवसायीलाई पेल्ने काम गरेको भन्दै उनीहरुले पूर्वनिर्धारित मितिमा टिकट खुल्ला नगरेका हुन् । 

तर, सरकारले भने स्वचालित मूल्य प्रणालीअन्तर्गत इन्धनको मूल्य बढेको बताउँदै आएको छ । दशैँको मुखमा यातयात व्यवसायीले सरकारलाई ब्ल्याकमेलिङ गर्न खोजेको यातायात व्यवस्था विभागको ठहर छ । 

बाहिर भन्नलाई इन्धनको मूल्य बढेको भनेर विरोध गरिए पनि भित्रि कारण भने आफूहरुको बन्द भएको बैंक खाता खुल्नु पर्ने उनीहरुको माग छ । यातायात व्यवसायी राष्ट्रिय महासंघका बरिष्ठ उपाध्यक्ष विजय स्वारले नेपाल समयसंग कुरा गर्दै सरकारले सहज वातावरण नबनाएसम्म अग्रिम टिकट खोल्न नसकिने बताए ।

'दशैँका बेला टिकट काट्दा उठ्ने लाखौ रुपैयाँ कहाँ लगेर राख्ने ? खाता रोक्का भएपछि चाडबाडका बेला कर्मचारीलाई कसरी तलव भत्ता खुवाउने ? त्यसैले सरकारले रोक्का गरिएको बैंक खाता तत्काल खोल्नु पर्छ ।' उनले भने । 

सरकार भने समितिको नाममा जनताबाट असुलेको रकम निकाल्न मिल्ने गरि तत्काल बैंक खाता नखोल्ने मूडमा छ । यातायात व्यबस्थामन्त्री रघूवीर महासेठ समितिहरु प्रालिमा नगएसम्म बैंक खाता नखोल्ने पक्षमा कडा रुपमा उभिएका छन् । दुई पक्षको लडाइँको चेपुवामा सर्वधारण परेका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।