बिहीबार, वैशाख १३, २०८१

कारबाहीबाट उन्मुक्ति पाएपछि पुन: घुस असुल्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
वीरगंज-  घुस रकमसहित पक्राउ परेपनि सर्वोच्च अदालतबाट सफाई पाएका कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग १ लाख घुस लिएको आरोपमा पुन: पक्राउ गरेको छ।

वीरगंज महानगरपालिकाको शिक्षा समन्वय इकाईमा कार्यरत शाखा अधिकृतको शशि भुषण साह कानु अन्य दुईजना सँगै विहीबार पुन: अख्तियारको हात परेका हुन् ।

अख्तियारले वीरगंज महानगरपालिका कार्यालयको शिक्षा शाखाका प्रमुख मन्जुर आलम, शाखा अधिकृत  कानु र उनका भतिजा अरुण साहलाई नगद १ लाख रुपैया सहित नियन्त्रणमा लिएको हो।

अख्तियारको टोलीले २ वर्ष अघि पनि तत्कालीन जिल्ला शिक्षा कार्यालय पर्सामा कार्यरत कानुलाई  विध्यालय संचालकसँग घुस रकम लिंदै गर्दा रामटोलबाट पक्राउ गरेकोमा पछि सर्वोच्चबाट भ्रष्टाचारको मुद्दामा सफाई पाएपछि पुनः बहाली भएका थिए।

वीरगंज १४ बहुअरीका जावेद एकवाल हैदरले संचालन गर्न लागेको फुरकान इन्टरनेशनल एकेडेमी स्कूलको अनुमतिपत्रका लागि १ लाख रुपैयाँ असुल्दै  गरेको अवस्थामा निजहरुलाई रंगेहात पक्राउ गरेको अख्तियारले जनाईएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाबाट खटिएको टोलीले  हैदरसले घुस वापतको १ लाख रुपैयाँ लाठ गल्लीमा अवस्थित विस्मिल्लाह होटलमा महानगरपालिकाका शाखा अधिकृत शशि भुषण साहका भतिजा अरुण साहलाई पिडित दिने क्रममा अख्तियारको टोलीले निजलाई रंगेहात पक्राउ गरेको थियो । 

अरुणको वयानको आधारमा मंजुर र शशि भुषणलाई पक्राउ गरीएको अख्तियारको टोलीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।