शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • अब तत्कालै यात्रा स्वास्थ्य बीमा सेवा बैंकबाटै लिन सकिने

अब तत्कालै यात्रा स्वास्थ्य बीमा सेवा बैंकबाटै लिन सकिने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
नबिल बैंकले बैदेशिक भैमणमा जाने ग्रहकहरुको सुविधालाई मध्य नजर गर्दै आफ्ना नियमित सेवाहरुका साथ बैदेशिक यात्रा स्वास्थ्य बीमा योजना तुरुन्त जारी गर्ने भएको छ । बैंकले आफ्नो काउन्टरहरुबाट भिसा इन्टरनेसनल प्रिपेड कार्ड, बैंक ड्राफ्टी र बिदेशी मुद्रा सटही जस्ता सेवाहरुका लागी आउने सम्पूर्ण आकाक्षी ग्राहकहरुलाई बैदेशिक यात्रा (ट्राभल) बीमा योजना सेवा पनि उपलब्ध गराउनेछ । 

यो पूर्णत नबिन अवधारणालाई नबिल बैंकले सर्बप्रथम नेपाली बजारमा ल्याएको छ । यो सेवाको लागि नबिल बैंकले प्रभु इन्सुरेन्स लिमिटेडसंग साझेदारी गरेको छ । अब नबिल बैंकबाट सेवा लिन आउने ग्राहकहरुले बिना झन्झट बैंकका काउन्टरहरुबाट बैदेशिक यात्रा (ट्राभल) स्वास्थ्य बीमा तुरुन्त खरिद गर्न सक्नेछन् । 
    
बिदेश यात्रा गर्ने यात्रीहरुलाई स्वास्थ्य बीमा निकै नै उपयोगी हुनेछ किनकी यसले अचानक र अनपेछित बिरामी, बिदेश बसाइको क्रममा हुने दुर्घटना र जांच गरि हराएका ब्यागेजरराहधानी, यात्रामा ढिलाई, अपहरण जस्ता घटनाहरुबाट हुने क्षतीको भरण गर्दछ । 

'मलाई विश्वाश छ कि ट्राभल बीमा सेवाको हाम्रा बैंकका सेवाहरु संग समायोजनबाट ग्राहकहरुको सम्पूर्ण यात्रा आवश्यकतालाई एकद्वार प्रणलीबाट समाधान दिन सक्षम हुनेछौ । साथै यसले बिदेश यात्रा गर्ने ब्यक्तीहरुलाई सुरक्षित र सुबिधाजनक यात्राको लागि बीमाको महत्वबारे सजग गराउन पनि मदत गर्नेछ,' नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने, 'बैंकिङ सेवाका साथ बिदेश यात्राको लागि ग्राहकहरुका सुबिधामा कटिबद्ध हुदै आएका हामी, अब बीमा सेवाको साथमा हाम्रा ग्राहकको सुरक्षामा पनि कटिबद्ध हुनेछौ । यो सेवाको लागि हामी प्रभु इन्सुरेन्स लिमिटेडसंग सहकार्य गर्न पाउदा ज्यादै हर्सित छौ।’ 

नयाँ प्रबिधी अनुसरण गर्नमा र नबिनतम बस्तु तथा सेवाको विस्तार गर्न नबिल बैंक अग्रस्थानमा रहदै आएको छ । बीमा योजना तुरुन्त जारी गर्ने सेवासंगै समाजलाई केही नौलो सेवा प्रदान गर्ने क्रममा नबिल बैंकले अर्को अध्याय थपेको छ, जसबाट बिदेश यात्रा गर्ने सम्पूर्ण यात्रीहरु लाभान्वित हुने बैंकका नायब महाप्रबन्धक रमेश लोहनीले जानकारी दिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्