मंगलबार, वैशाख ११, २०८१

बालाजु क्षेत्रमा शुक्रबार विजुली जाने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं–बालाजु क्षेत्रमा शुक्रबार दिनभर विजुली जाने भएको छ । सडक विस्तारका कारण उक्त क्षेत्रमा शुक्रबार विहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म (आवश्यकताअनुसार) विजुली जाने भएको हो । 

प्राधिकरणको बालाजु वितरण केन्द्रका प्रमुख सुरज रेग्मीले बनस्थली चौकदेखि बालाजु प्रहरी चौकीसम्म सडक विस्तारका लागि  बालाजु सवस्टेशनबाट आपूर्ति हुने क्षेत्रमा वत्ति जाने जानकारी दिएका छन् । 

उनकाअनुसार बालाजु–धर्मस्थली फिडरअन्तर्गत पुरानो गुहेश्वरी, फुलबारी गेट, मुड्खु, बतासे डाँडा, धितालथोक, तिनपिप्ले, जरंखु, नेपालटार, मनमैजु, फुटुङ, जितपुर हुँदै छत्रेदेउरालीमा वत्ति जाने भएको छ । 

त्यस्तै बालाजु–नागार्जुन फिडरबाट आपूर्ति हुने एमटीसी पर्खाल, जनजागृती,  रोटरी क्लब, टौडोल,  शितलास्कुल, रानीवन, बुद्धचोक, राधाकृष्ण हुदैँ एकलटार क्षेत्रमा समेत विद्युत जाने जानकारी गराइएकाे छ । 



 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्