काठमाडौं- एक साताअघि मात्र नेपाली सेनाको प्रधानसेनापतिबाट अवकास पाएका राजेन्द्र क्षत्रीले आर्जन गरेको अकुत सम्पति छानबिन गर्न सत्तारुढ दल नेकपाका सांसदहरुले माग गरेका छन्।
नेकपाका नेता तथा पूर्वमन्त्री महेश बस्नेतले र हृदयेश त्रिपाठीले बिहीबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर नेपाली सेनालाई राज्यले व्यवसायी बनाउँदै लैजाँदा भ्रष्टाचार बढेको भन्दै अवकासप्राप्त प्रधानसेनापति क्षेत्रीको सम्पति छानबिन गर्न सरकारसँग माग गरेका हुन्।
‘हरेक व्यवसायमा सेनाले हात हाल्न थाल्दा नेपाली सेनाको पेशागत मर्यादमा आँच आउँने र अनुशासन तोडिदै गएको छ’, सांसद त्रिपाठीले भने, ‘निवर्तमान प्रधानसेनापति क्षत्रीको बिषयमा आमसञ्चारमा आएका विषयले उनको सुन्दर तस्वीर सहति कुरुप कर्तुतहरु खोली दिएको छ।’
सेनालाई व्यवसायिक र विभिन्न पेशामा संलग्न गराउने हो भने सेनाको छवि, मर्यादा र क्षमतामा ह्रास आउउने चेतावनी दिँदै त्रिपाठीले यसको समग्र मार देशले भोग्नु परिरहेको वताए। उनले क्षत्रीको अकुत सम्पतिको छानबिनको माग गरे।
३३ केजी सुनकाण्ड र निर्मला पन्तको हत्या प्रकरणमा नेपाल प्रहरी डिमोरलाईज भइसकेकोले अव सेना पनि डिमोरलाईज हुँदै गएको संकेत गरे। उनले भने ‘अब सेनाको पनि मनोबल गिर्न थाल्यो भने देश अराजकतामा फस्नेछ। राज्य मक्किसकेको छ। अब बाँकी रहेको एउटा स्तम्भ पनि मक्काउने कम नगरौं।’
सांसद बस्नेतले सेनापतिले अकुत सम्पती आर्जन गरी भ्रष्टाचार गरेर हटेको अवस्थाकम उनको सम्पति छानबिन गर्नु पर्ने बताए। सांसद त्रिपाठीले महालेखाको प्रतिवेदनमा औल्याए बमोजिम नेपाल वायु सेवा निगमको वाइड बढी खरिदको भ्रष्टाचार भएको बिषयमा सार्वजनिक लेखा समितेल छानबिन गर्नुपर्नेमा जोड दिए।
उनले चिनी व्यापारीहरुले विदेशबाट आयात चिनी आयत गर्दै भण्डार गरिरहेको र आगामी दशैंमा चिनीको मुल्य अप्रत्यासित रुपमा बढाउने प्रपन्च गरिरहेको दाबी गरे। ‘चिनी कारखानाका मालिकले उखु किसानलाई उखुको मुल्य पनि दिएका छैनन’ त्रिपाठीले भने ‘भ्याट बापत सरकारले ६५ रुपैयाँ ३२ पैशा अनुदानस्वरुप फिर्ता दिए पनि किशानलाई मारमा पारिएको छ।’
दशैं कहिले आउला भन्ने प्रतिक्षामा बसेका चिनी मिलका मालिक र व्यापारीले दशैंमा चिनीको मुल्य बृद्धि प्रतिकेजी ८० रुपैयाँभन्दा माथि पुर्याउन खोजिरहेको तर्फ सचेत हुन सरकारलाई आग्रह गरे।
कांग्रेसकी सांसद डा. डिला संग्रौलाले सरकार हत्या हिंसा र बलात्कारीको संरक्षक हो कि सम्पति कमाउने भूईँ हो भनी प्रश्न गरिन। उनले प्रधानमन्त्री केपी शर्मा ओलीको जीवन समेत राज्यको ढुकुटीले धानेको आरोप लगाइन्।
‘प्रधानमन्त्रीज्यूको जीवनमा राज्यको ढुकुटी कवज बनेको छ’, डा. पन्तले भनिन ‘प्रधानमन्त्रीको जीवनमा राज्य रक्षा कवच बनेको छ। उहाँको भूमिका राष्ट्रप्रति हुनुपर्छ।’ उनले भ्रष्टाचार बालुवाटारको कोठामा रहेको र सिंहदरबारको कुर्सीबाट संरक्षीत भएको दाबी गरिन्।
पन्तले जनता कर र महङ्गीको मारमा परिरहेको र निर्मला पन्तको हत्याका अभियुक्त पत्ता लागाउनु पर्यो भन्दा प्रधानमन्त्रीले अरिंगाल बनेर आक्रमण गर्नु भन्ने अभिव्यक्ति कस्तो राजनीतिक संस्कारबाट आउको हो भनी प्रश्न गरिन। उनले ३३ किलो सुन बिमोचनमा अभियुक्त भेटिए पनि सुन नभेटिनु र वाइड बढी खरिदमा अर्बौं भ्रष्टाचार भएको आरोप लगाइन्।
नेकपाका सांसद पदम गिरी र महेश बस्नेतले कञ्चनपुर घटनामा सरकारले छानबिन गर्ने काम गरिरहेको र ९ जना प्रहरी अधिकृतलाई निलम्वन गर्ने काम गरिरहेको अवस्थामा विपक्षी दलले बिरोध गर्नु राजनीतिक प्रतिशोध भएको टिप्पणी गरे। उनीहरुले प्रधानमन्त्री र गृहमन्त्रीले अभियुक्तलाई कारबाही गर्न दिर्नेशन दिइसकेको अवस्थामा इमोसनल ब्लाकमेलिङ प्रतिपक्षीले गरिरहेको आरोप लगाए।
प्रहरीको व्यवसायिक ह्रासका कारण त्यस्तो भएको भन्दै उनीहरुले निष्पक्षतामा प्रहरी अधिकृतमा ह्रास आएको र राजनीतिक भर्ति केन्द्रको रुपमा प्रहरीलाई विगतमा सरकारले प्रयोग गरेकोले हाल यस्तो भएको दाबी गरे।
‘भारतीय सेनापति बिपीन राउतले नेपाली सेना संयुक्त अभ्यासमा सहभागी नभएको बिषयमा दिएको अभिव्यक्ति, संविधान दिवस मनाउने क्रममा सीके राउतको कार्यक्रम र अभिव्यक्ति तथा २ नम्वरका मुख्यमन्त्री संविधान दिवसमा सहभागी नहुनु दुर्भाग्यपूर्ण छ’, सांसद बस्नेतले भने।
उनले कालो दिवस मनाउने राजपा र संविधान दिवस नमनाउने संघीय समाजवादी फोरमको क्रियाकलापले मुलुकलाई अस्थिरतातर्फ धकेलेको आरोप लगाए। उनले सत्तारुढ राजपा र फोरमका सांसदहरुलाई संविधान दिवस र संविधानका बिरुद्ध नबोल्न आग्रह समेत गरे।
सांसद बस्नेतले अमेरिका, अफ्रिका, स्वीडेन, भारत र बेलायत विश्वकै सबैभन्दा बढी बलात्कार हुने देश भएकोले बलात्कार संसारकै सामूहिक अपराध भएकोले सरकारको बिरोध गरेर पानीमाथिको ओभानो नहुन प्रतिपक्षी दलका सांसदलाई चेतावनी दिए।
नेकपाका सांसद झपटबहादुर रावलले आफूहरुलाई सांसद सदस्यको सपथ गराउने राजपाका अध्यक्ष समेत रहेका ज्येठ सदस्य महन्थ ठाकुरले संविधान दिवसको दिन सांसदको भत्ता खाएर ब्लाक आउट गरेर कालो दिवस मनाएको आरोप लगाए।
सत्तारुढ संघीय समाजवादी फोरमका प्रदीप यादवले बुधबार कुनै दलले कालो दिन र कसैले दिवसको रुपमा मनाउँदा फोरमलाई बद्नाम गर्न खोजेको दुखेसो पोखे। ‘यो संविधान हडबढमा बनाउँदा गडबढ भएकोले मधेशलाई बलियो बनाउन प्रधानमन्त्रीसँग आग्रह गर्छु’ यादवले भने ‘हामीले सरकारमा आएर आत्मसमर्पण गरेको होइन। सहमतिको आधारमा संविधान संशोधन होस।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४