शुक्रबार, वैशाख १४, २०८१

चालक हडतालका कारण चौतर्फी समस्या

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम-मुलुकी संहिताको विरोधमा चालकहरुले गाडी ठप्प पारेपछि जनकपुरसहित यस क्षेत्रको जनजीवन कष्टकर बन्दै गएको छ । चालकहरुका हडतालका कारण नीजि, सार्वजनिक तथा भाडाका गाडीहरुसमेत गुड्न नसक्दा इन्धनको अभाव सृजना भएको छ ।

ट्यांकर चालकहरुले गाडी चलाउन बन्द गरेपछि यस क्षेत्रमा इन्धनको अभाव हुन थालेको हो । मुलुकी संहितामा उल्लेख गरिएका केहि बुँदाप्रति असहमति जनाउँदै मुलुकभरका गाडी चालकहरुले २ असोजदेखि हडतालमा उत्रिएका हुन् ।

तत्काल यो समस्या समाधान नगरिए एक दुईदिनपछि पेट्रोल,डिजेलको अभाव निश्चित रहेको धनुषाको क्षिरेश्वर नगरपालिका महेन्द्रनगरस्थित आयल निगमका डिपो प्रमुख उपेन्द्र सुवेदीले बताए ।

सुवेदीले चालकहरु हडतालमा उत्रेपछि २ असोजदेखि इन्धन ढुवानी हुन नसकेकोले अभावको व्यापक संभावना रहेको बताए । उनले भने,‘महेन्द्रनगर डिपोमा भण्डारण गर्ने व्यवस्था छैन् । इन्धन बोकेर भारतबाट आएको गाडीमै इन्धन रहिरहन्छ । तर, गाडी गुड्न सकेको छैन् । ’

डिजेलको १५/२० गाडी स्टक रहेपनि पेट्रोलको एउटापनि गाडी नरहेको उनले जानकारी दिए । डिजेलको तुलनामा पेट्रोल धेरै खपत हुने गरेकोले तत्काल समस्या समाधान नगरिए अभाव सृजना हुने निश्चित रहेको सुवेदीको भनाइ छ ।

२ असोज भन्दाअघि भारतबाट ढुवानी गरिएको इन्धले अहिले जेनतेन काम चलिरहको सुवेदी बताउँछन् । सुवेदीका अनुसार डिपोमा पेट्रोलको भण्डारण सकिसकेको छ । 
इन्धन ढुवानीमा सहयोग नगर्ने ढुवानी व्यवसायीको अनुमति खारिज गर्नेगरी कारवाही गर्न केन्द्रले आफूहरुलाई निर्देशन दिएपनि चालकहरुले हडताल गरेपछि समस्या उत्पन्न भएको उनको भनाइ थियो ।

चालकहरुले सार्वजनिक सवारी साधन बन्द गरेपछि गन्तव्यतर्फ पुग्न प्रयोग भइहरेको मोटरसाइकलसमेत पेट्रोलको अभावमा चलाउन समस्या आउन सक्ने अनुमान गरिएको छ । जनकपुर क्षेत्रमा दैनिक ३/४ टयांकर पेट्रोल र ५/७ टयांकर डिजेल खपत हुने गरेको महेन्द्रनगर डिपोले जनाएको छ । महेन्द्रनगर डिपोमा भारतको बरौनीबाट भिठ्ठामोड नाकाहुँदै इन्धन भित्रिने गरेको छ । बरौनीबाट ६०/६५ वटा टयांकर इन्धन बोकेर आउने गरेको छ ।

त्यसैगरी १ असोज पछि जनकपुर क्षेत्रमा खाना पकाउने ग्यास पनि ढुवानी हुन सकेको छैन् । खाना पकाउने ग्यासको पछिल्ला भण्डारण पनि लगभग सकिने अवस्थामा पुगेको ग्यास व्यवसायी संघका पूर्व अध्यक्ष मनोज चौधरीले जानकारी दिए । जनकपुरमा मासिक ३० देखि ३५ हजार सिलिण्डर खपत हुने गरेको उनले बताए ।

यता सार्वजनिक यातायातको सवारी साधन नचलेपछि यात्रुहरुलाई सास्ती भएको छ । पछिल्लो तीन दिनदेखि सवारी साधन चल्न नसकेपछि गन्तव्यतर्फ पुग्न यात्रुहरुलाई समस्या भएको हो । चालकहरु हडतालमा उत्रिएपछि बस, ट्रक, ट्रयाक्टर, भाडाका जीपलगायतका साधनहरु चल्न छोडेपछि सडकमा सवारी साधनको संख्या पातलिएको छ ।

चालकहरुले मुलुकी संहिता ऐनको परिच्छेद ५ र १० प्रति आपत्ति जनाउँदै हडतालमा उत्रिएका हुन् । संहिताको परिच्छेद ५ मा परिचालक अनुमतिपत्र सम्बन्धी व्यवस्था गरिएको छ ।

यसैगरी परिच्छेद १० मा सजाय सम्बन्धी व्यवस्था छ । गाडीको ठक्करबाट कुनै मानिसको ज्यान गएमा वा गाडी दुर्घटनामा यात्रुको मृत्यु भएको खण्डमा चालकलाई जन्म कैद वा पाँच देखि १२ वर्षसम्म कैद सजाय हुने  उल्लेख छ । सोहि परिच्छेदको दफा १६२ मा गाडीमा रहेका यात्रु वा गाडीको ठक्करबाट बाहिरी मान्छे घाइते भइ अङ्गभङ्ग भएमा तीनदेखि १० वर्षसम्म कैद सजायको व्यवस्था छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।