बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • संसद्‌मा ओलीको टिप्पणी– सत्ता गठबन्धनका साथीहरु केटाकेटीलाई दसैं आएजसरी हौसिनुभएको छ

संसद्‌मा ओलीको टिप्पणी– सत्ता गठबन्धनका साथीहरु केटाकेटीलाई दसैं आएजसरी हौसिनुभएको छ

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता केपी ओलीले शेरबहादुर देउवा सरकार एक महिनासम्म बधाई खाँदै बसेको टिप्पणी गरेका छन्।
 |  मंगलबार, साउन २६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २६, २०७८

triton college
corrent noodles
Metro Mart

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता केपी ओलीले शेरबहादुर देउवा सरकार एक महिनासम्म बधाई खाँदै बसेको टिप्पणी गरेका छन्। 

प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै ओलीले भने, ‘लगभग एक महिनाअघि सरकार परिवर्तन भएको छ। लोकतन्त्रमा यो सामान्य कुरा नै हो। तर असामान्य तरिकाले सरकार परिवर्तन भएकाले होला, सत्तापक्षीय गठबन्धनका मित्रहरु असाध्यै हौसिनुभएको छ। दशैं आउँदा केटाकेटी आँगनमा रमाएजस्तै छ। एक महिनासम्म धन्यवाद र बधाईमात्रै चलिरहेको छ। ’

एक महिनासम्म पनि केही नगरेको हुनाले एक महिनासम्म पनि बधाई र धन्यवाद खुब चलेको उनले टिप्पणी गरे। ओलीले भने, ‘केही गर्दै नगरेको पनि होइन। सुकुम्बासी आयोग, भूमिहिन आयोग विघटन गरेर जनताको घाँटी सेर्ने काम भएको छ।’


प्रकाशित: Aug 10, 2021| 14:03 मंगलबार, साउन २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...