मंगलबार, वैशाख ११, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सुनसरीमा अज्ञात समूहको गोली प्रहारबाट प्रधानाध्यापक अन्सारीको हत्या (भिडियो)

सुनसरीमा अज्ञात समूहको गोली प्रहारबाट प्रधानाध्यापक अन्सारीको हत्या (भिडियो)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
सुनसरी- सुनसरीको भुटाहामा भारतीय समूहको गोली प्रहारबाट एक विद्यालयका प्रधानाध्यापकको हत्या भएको छ। 

नेसनल बोर्डिङ स्कुल सञ्चालन गरेर बसेका ५८ वर्षीय हजिद कुर्दिस अन्सारीलाई भारतबाट आएको चार जनाको हत्यारधारी समूहले रामनगर भुटाहामा गोली प्रहार गरेको थियो। 

उनको घटनास्थलमै मृत्यु भएको हो। आक्रमणकारी समूहले प्रहरीलाई पनि गोली प्रहार गरेको थियो। आक्रमणकारीको गोली लागि एक प्रहरी घाइते भएका छन्। प्रहरी जवान शिवलाल पौडेलको खुट्टामा गोली लागेको छ। उनलार्इ उपचारका लागि विराटनगर लगिएको छ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ। प्रहरी टोली घटनास्थल पुगेको छ। 

स्थानीय बासिन्दाका अनुसार ११:४५ बजेको समयमा भारतीय नम्बरप्लेटको मोटरसाइकलमा आएको समूहले गोली चलाएको थियो । घटनाबारे अनुसन्धान थालिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले जानकारी दिए।

भूटाहामै नयाँ फिल्मका लागि लोकेशनको खोजीमा रहेका नायक नवल खड्काले आफूहरु घटनाको प्रत्यक्षदर्सी भएको बताउँदै मोटरसाइकलमा भारतबाट आएको बन्दुकधारी समूह अन्सारीलार्इ गोली हानी भारततर्फ नै फरार भएको बताएका छन् । 

नायक खड्काले घटनास्थलबाट सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरेको भिडियो यस्तो छ ।
 

यो पनि पढ्नुहोस् 
जसले गोली प्रहार गरेको नजिकबाट देखे

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।