शनिबार, वैशाख ८, २०८१

दराजको पहिलो सेलर समिट सम्पन्न, नयाँ एप ल्याउदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं–दराजले नेपालमा पहिलो सेलर समिट गरेको छ । दराजका ६५० बढी बिक्रेताहरुको सहभागिता रहेको उक्त समिटले दराजमार्फत हुने व्यवसायमा नयाँ अवधारणा तथा अवसर प्रदान गरेको जनाएको छ ।
 
दराजले अपनाएको पछिल्लो प्रविधिमा सबै बिक्रेताहरुलाई अभ्यस्त हुने अवसर पनि समिटले प्रदान गरेको कम्पनीको भनाइ छ । 

सेलर समिटकै अवसरमा दराजले मोबाइल एपलाई परिष्कृत बनाएर आधुनिक बनाउने भएको छ । 

नयाँ एप असोजमै आउने

असोज १३ अर्थात (सेप्टेम्बर २९) देखि आउने नयाँ एपमार्फत दराजले बिक्रेताहरुलाई आधुनिक शैलीमा व्यवसायमा आबद्ध गराउन लागेको छ । बिक्रेताका साथै सेवाग्राहीलाई अझै सजिलो गरी समान किनबेच गराउने योजना दराजको उक्त नयाँ एप ल्याउन लागेको हो । 

दराज ग्रुपका प्रमुख कार्यकारी अधिकृत बीआरके मिकल्सनले आफ्ना बिक्रेताहरुको क्षमता अभिवृद्धि गर्दै व्यवसाय बिस्तार गर्नका लागि नयाँ रणनिति अख्तियार गरिने उद्घोष गरे । 

अधिकृत मिकल्सनले दराजका कारण मात्र नभइ बिक्रेताको अधिक लगावका कारण व्यवसाय बिस्तारमा सफलता मिल्ने भन्दै बिक्रेताहरुलाई अनलाइनको अत्याधुनिक प्रणालीमा सहभागि गराउन लागिएको बताएका थिए । 

नबिल बैंकले सहकार्य गर्ने

नबिल बैंकले नेपालको लोकप्रिय अनलाइन बजार दराजसँग रकम भुक्तानीका लागि सहकार्य गर्ने भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले दराजको सेलर समीटलाई सम्बोधन गर्दै दराजबाट हुने वस्तु तथा सेवाको कारोबारमा बैंकले भुक्तानीका लागि सहकार्य गर्ने उदघोष गरेका हुन् ।

दराज एक्सप्रेसको शुरुवात गर्ने उद्घोष सँगै दराज हबहरुबाट पनि प्रत्यक्ष रुपमा सेवा शुरु गरेर आफ्नो सेवा चुस्त अनि प्रभावकारी बनाउने योजना सेलर समिटमा सार्वजनिक गरिएको छ । साथै आगामी नोभेम्बर ११ मा दराजले नेपालमै पहिलो पटक अधिक छुट तथा अफरहरुसहित ११ इजटु ११ सेल सञ्चालन गर्ने जानकारी दिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्