काठमाडौं–नेपाल आयल निगमसम्बद्ध ढुवानीकर्ता तथा चालकहरुले मंगलबारदेखि पेट्रोलियम पदार्थको नियमित ढुवानीमा व्यवधान खडा गरेको छ । निमगका प्रवक्ता वीरेन्द्र गोइतले त्यसप्रति निगमको गम्भीर ध्यान गएको जनाए ।
केही समयअघि निगमको ढुवानी सम्झौतामा रहेका ट्यांकर चालकहरुले उठाएका मागहरुप्रति निगम सकरात्म रहेको उनको भनाइ छ ।
उनकाअनुसार चालकको तलब भत्ता, सञ्चयकोष, ट्रिप भत्ता लगायत मागहरु पुरा गरी सोही बमोजिम पेट्रोलियम पदार्थको नियमित आपूर्ति सरल एवं सहज राख्ने विषयमा सहमति भइ सुचारु भएको थियो ।
पुनः विभिन्न बहानामा चालकहरुले इन्धनको आपूर्ति असहज बनाएका छन् । यसबाट दशैको मुखमा आम उपभोक्तालाई प्रत्यक्ष प्रभाव पर्ने देखिएको छ । तसर्थ निगमले सम्बद्ध सम्पूर्ण ढुवानीकर्ता तथा चालकहरुलाई आ-आफ्नो ट्यांकर पूर्ण रुपमा सञ्चालन गर्न अपिल गरेको छ ।
यसका बावजुत पनि निगमको अनुरोध वेवास्ता गरी आम उपभोक्तामाथि असहजता निम्तिको खण्डमा निगमले सम्बन्धीत पेट्रोलियम पदार्थ ढुवानीकर्ता चालकहरुको ढुवानी सम्झौता रद्ध गरी खारेज गर्नेसम्मको कारबाही गरिने निगमका प्रवक्ता गोईतले जानकारी गराए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४