शनिबार, वैशाख ८, २०८१

संविधान विरोधी जुलुसमा मन्त्रीको नेतृत्व

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम- संविधानको विरोधमा राजपाले प्रदेश २ को विभिन्न स्थानमा विरोध जुलुस प्रदर्शन गरेको छ। संविधानको विरोधमा गरिएको प्रदर्शनमा प्रदेश सरकारका मन्त्रीहरु नै सहभागी भएका छन्।

जनकपुरमा निकालिएको विरोध र्‍यालीमा समाजिक विकास मन्त्री नवलकिशोर साहले नेतृत्व गरेका थिए। साह विरोध र्‍यालीमा अंगरक्षकसहित उपस्थित भएका थिए। साहको पार्टी राजपाले केपी ओली नेतृत्वको संघीय सरकारलाई समर्थन दिएको छ।

मन्त्री  साह आफ्नो आवासबाट नीजि मोटरसाइकलले जनक चोक पुगेका थिए । विरोध जुलुसमा मन्त्री साहसँगै राष्ट्रसभा सदस्य वृषेशचन्द्र लाल, प्रदेशसभा सदस्य परमेश्वर साह लगायतका नेता सहभागी थिए।

यसैगरी सर्लाहीको सदरमुकाम मलंगवामा निकालिएको विरोध र्‍यालीमा प्रदेश सरकारका राज्यमन्त्री अभिराम शर्माले कमाण्ड सम्हालेका थिए। 

सप्तरीमा भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनल, सिरहामा वन तथा पर्यटनमन्त्री रामनरेश राय, महोत्तरीमा राज्यमन्त्री डिम्पल झा र रौतहटमा राज्यमन्त्री सुरेश मण्डलले विरोध र्‍यालीको नेतृत्व गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।